- Loading...
गण्डकी प्रदेशको पछिल्लो कदम अक्षम्य भूल : डा काेइराला
- पुनहिल डट कम
- ३ साल अघि
- १८२ पटक पढिएको

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले समावेशी र दलित प्रतिनिधित्व गराउन नसक्नु दुर्भाग्य भएको बताएका छन्। उनले लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान नसक्ने बताएका छन्। कोइरालाले गण्डकी प्रदेशको पछिल्लो कदम अक्षम्य भूल भएको दावी गरेका छन्।
‘लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न । तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो’, उनले भनेका छन्, ‘पार्टीले गरेको त्यो अक्षम्य भूल हो। दलित समुदायप्रतिको अपमान हो।’
उनले सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै होइन, व्यवहार र लोकतान्त्रिक आचरण पनि भएको उल्लेख गरेका छन्।
‘सामाजिक कुरीतिविरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दु:खी बनाएको छ’, उनले भनेका छन्, ‘त्यति मात्रै नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
