FLASH NEWS
  • Loading...

सेयर बजारमा उत्साहजनक वृद्धि

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१३ पटक पढिएको
सेयर बजारमा उत्साहजनक वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उत्साहजनक वृद्धि भएको छ।

आज कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक ७९ अंकले बढेको हो। यस क्रममा आज नेप्सेमा १० अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै आज एक करोड ९७ लाख कित्ता सेयर किनबेच भएको छ।

नेपाल धितोपत्र बोर्डको प्रतिवेदनपछि घट्न थालेको बजार आज भने उत्साहजनक रुपमा बढेको हो।