- Loading...
कोरोना लक्षण देखिएका म्याग्दीमा अर्का युवाको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- १६१ पटक पढिएको

म्याग्दीमा कोरोना लक्षण देखिएका एक युवाको विहिवार विहान २ बजे मृत्यु भएको छ ।
बेनी नगरपालिका, १ घर भै सदरमुकाम बेनीको कालीपुल स्थित एक होटलमा कार्यरत २२ बर्षिय युवाको विहिवार विहान २ बजे उपचारक्रममा धौलागिरी अञ्चल अस्पताल बाग्लुङ्गमा मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका सदस्य सुरत केसीले बताए ।
थापालाई स्वासप्रस्वासमा समस्या भएपछि बेनी अस्पताल पुर्याईएको र त्यहाँ भेन्टीलेटरमा राख्न नसकिएपछि जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रमा रेडक्रस प्रतिनिधी सदस्य सुरत केसी आफैले राती १२ बजे बाग्लुङ पुर्याएका थिए ।
‘बेनीमा थप उपचार नहुने भएपछि मैले नै उनलाई बाग्लुङ्ग अस्पताल पुर्याएको हो । उनको उपचारक्रम मै मृत्यु भएको थियो’ सुरत केसीले भने, ‘कोरोना संक्रमण जो कसैलाई हुन सक्छ । टोलछिमेकका विरामीलाई स्वास्थ्य सुरक्षा अपनाएर सहयोग गरौं, रमिते नबनौं ।’
कोरानो संक्रमणको संख्या बृद्धीसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । बैशाखमा मात्र ३ जना जिल्लावासीको उपचारक्रममा कोरोनाबाट मृत्यु भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
