- Loading...
गण्डकीमा थप १६३ जनामा कारोना संक्रमण पुष्टि,म्याग्दीमा ६ जना संक्रमित थपिए
- पुनहिल डट कम
- ४ साल अघि
- ३४८ पटक पढिएको

गण्डकी प्रदेशमा थप १६३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा दोस्रो लहर शुरु भएपछि गण्डकीमा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कास्कीमा देखिएका ११५ जना संक्रमितमध्ये पोखराका १०७ जना रहेका छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकाका ७ जना र मादी गाउँपालिकाका १ जना रहेका छन् ।
त्यस्तै संक्रमण पुष्टि हुनेहरुमा बागलुङका २२ जना, तनहुँका १० जना, नवलपरासी पूर्वका ७ जना, म्याग्दीका ६ जना, स्याङजाका ३ जना, र पर्वतका १ जना रहेका छन् । संक्रमितमध्ये महिला ५२ जना छन् भने अन्य पुरुष रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ७३७ पुगेको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि कास्कीमा आज सबैभन्दा धेरैलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ७ सय ३७ पुगेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
