FLASH NEWS
  • Loading...

चिकित्सक संघद्वारा स्वास्थ्य संकटकाल लगाउन माग

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५२ पटक पढिएको
चिकित्सक संघद्वारा स्वास्थ्य संकटकाल लगाउन माग

नेपाल चिकित्सक संघले विकराल रुपमा फैलिदै गएको कोरोना संक्रमणबाट सर्तकता र सावधानी अपनाउन सरकारलाई आग्रह गरेको छ। संघले ११ बुँदेसहितको सुझाव दिँदै स्वास्थ्य संकटकाल लगाउनसमेत माग गरेको छ।

कोरोना भाइरस संक्रमरणको दोस्रो लहरका कारण नेपालका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा बेड, औषधि र अक्सिजनको अभावले मृत्यु हुनेहरूको संख्या बढ्दै गएकाले सूचनामार्फत संघले सरकारको ध्यानाकर्षण गराएको हो।

संघले सूचनामा, ‘हालको नयाँ भेरियन्ट छिटो रुपमा फैलिने, बढी मात्रामा बालबालिकाहरुलाई समेत संक्रमण गरिरहेको परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत सुरक्षाका उपायहरु अनिवार्य रुपमा पालना गर्नु गराउनु हुन नेपाल चिकित्सक संघ सबैमा हार्दिक अपिल गर्दछ। कुनै कुनै भेरियन्टलाई भ्याक्सिनले समेत पर्याप्त मात्रामा काम नगर्ने सम्भावना देखिएको हुनाले अझ बढी सर्तकता र सावधानी अपनाउनु नै बिकल्पको उपाय भएको नेपाल चिकित्सक संघको ठहर छ।’, भनेको छ।

साथै, संघले मुख्य रुपमा नेपाल सरकार, सर्वसाधारण नागरिक एवं चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अपनाउनु पर्ने बुँदाहरु सार्वजनिक गरेको छ।