FLASH NEWS
  • Loading...

मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको अध्यक्षमा डेकबहादुर पुन चयन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७६ पटक पढिएको
मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको अध्यक्षमा डेकबहादुर पुन चयन

मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीको दोस्रो जिल्ला सभबाट डेकबहादुर पुन (डिके)को अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

सभाको सचिवमा खमबहादुर रोका (सुनिल), कोषाध्यक्षमा दिपक पुन, सहसचिवमा एलिना शेरपुञ्जा र प्रशासन सचिवमा देवबहादुर घर्तिमगर चयन हुनुभएका छन ।

त्यसैगरी सदस्यहरुमा जयन्द्र रोकामगर, भिमप्रसाद रोका, जिवन पुन, बुलप्रसाद रोका, युराज पुन, कबिना पुर्जा, रमेश भट्टचन, गेम बुढा, ओमराज मगर, तेजिन्द्र जुग्जाली, मनबहादुर मगर, राम गर्बुजा, तुलप्रसाद गर्बुजा, गगन पुन, मेनुका रोका, ज्ञानु फगामी, प्रकाश पाइजा, बबिता पुन, कोमल थापा, रामप्रसाद पुन चयन भएकाे अर्गनाइजेशनका सल्लाहकार अाेमविकास पुनले बताए ।

शनिवार बेनीमा अायाेजित घाेषणा सभामा प्रमुख अतिथि केन्द्रीय मुल सचिव थमन बुढा मगर तथा प्रदेश सयाेजक नविन गुरुङ्ग समेत वक्ताले सम्वाेधन गरेका थिए ।