FLASH NEWS
  • Loading...

साढे दुई किलो युरेनियमसहित चार जना पक्राउ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २८३ पटक पढिएको
साढे दुई किलो युरेनियमसहित चार जना पक्राउ

काठमाडौंको बौद्ध क्षेत्रबाट प्रहरीले साढे दुई किलो युरेनियम बरामद गरेको छ।

 

बरामद गरिएको युरेनियम प्रशोधन नगरिएको परीक्षणबाट पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसपी सुशीलसिंह राठौरले बताए।

उनका अनुसार युरेनियम विस्फोटक पदार्थ बनाउन प्रयोग हुन्छ। युरेनियमसहित चार जनालाई प्रहरीले पक्राउ पनि गरेको छ। पक्राउ परेकाहरूविरुद्ध प्रहरीले विस्फोटक पदार्थसम्बन्धी कसूरमा अनुसन्धान गरी मुद्दा दर्ता गराइने जनाएको छ।