FLASH NEWS
  • Loading...

संसद विघटन विरोधमा म्याग्दी काँग्रेसको प्रर्दशन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७६ पटक पढिएको
संसद विघटन विरोधमा म्याग्दी काँग्रेसको प्रर्दशन

प्रधानमन्त्री केपी शर्मा ओली सरकोको सिफारिसमा राष्ट्रपतिले गराएको प्रतिनिधी सभा विघटनको विरोध तथा संसद पुन:स्थापनाको माग गर्दै काँग्रेसले सोमबार वेनीमा पनि प्रर्दशन गरेको छ ।
प्रर्दशनपछि सदरमुकाम बेनीको क्याम्पसचोकमा आयोजित कोण सभालाई सभापति खमवीर गर्वुजा, उपसभापती मीनबहादुर कार्की, माधव रेग्मी, हरीकुमार श्रेष्ठ, केवि भण्डारी, नेत्र महत  समेतका म्याग्दी काँग्रेस नेताहरुले ओली सरकार भ्रष्ट रहेको तथा प्रतिनिधी सभा भङ्ग गर्ने निर्णयले संवैधानिक ‘कु’ गरेकोले संविधान संरक्षण गर्न काँग्रेस सडकमा आएको बताए । काँग्रेसले प्रतिनिधी सभा विघटनको मात्र विरोध गरेनन, सिङ्गो कम्प्युनिष्टहरुलाई एकमुष्ठ भ्रष्ट, निरंकुस र अयोग्य भएको आरोप पनि लगाए ।


संसद पुर्नस्थापनाको मुद्धा सर्वोच्च अदालतमा विचराधिन रहेको र अदालतले पनि प्रमुख प्रतिपक्षी काँग्रेस मात्र होईन सत्तारुढ दलबाट समेत शसक्त रुपमा संसद विघटनको विरोध भएकोले जनभावनाको पनि सुनुवाई गर्नु पर्ने भने ।