- Loading...
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारीमा कोरोना संक्रमण
- पुनहिल डट कम
- ४ साल अघि
- १३३ पटक पढिएको

कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीबाट संकलन गरिएको स्वाबको पिसिआर परिक्षणको गर्दा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका एक सवारी चालक समेत म्याग्दीमा १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिका, २ भुरुङ तातोपानी स्थित सीमा प्रहरी चौकीमा कार्यरत सई समेत अन्नपूर्ण गाउँपालिकामा ९ जनामा सोमबार एकै दिन कोरोना संक्रमण पुष्टी भएको छ । त्यसैगरी रघुगंगा गापामा पनि एक जनामा कोरोना संक्रमण भेटिएको छ ।
मोरङ ठेगाना भै अन्नपूर्ण गापा, ४ स्थित निलगिरी हाईड्रोमा कार्यरत पुरुष लक्षणसहित विरामी भएपछि पोखरामा उपचारक्रममा कोरोना पुष्टी भएको हो ।
‘हाम्रा कर्मचारीमा पनि कोरोना देखियो । प्रहरीमा भर्ना खुलेकोले कागज प्रमाणित देखी नागरिकता समेत सेवाग्राहीको भीड रहेकोले प्रशासन कार्यालयको सेवा भने बन्द हुँदैन । उच्च सतर्कतासहित सेवा जारी रहन्छ । सेवाग्राहीले पनि थप सतर्कता अपनाउनु होला’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘अन्नपूर्ण गाउँपालिका कोरोना संक्रमणको हटस्पट बनेको छ । संभवन स्वास्थ्य सावधानी अपनाउने विषयमा बढी असावधानी भएको हुन सक्छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
