FLASH NEWS
  • Loading...

मनसुन के हाे ? कहिले शुरू हुन्छ ? सुरक्षा तयारी के छ ?

मनसुन के हाे ? कहिले शुरू हुन्छ ? सुरक्षा तयारी के छ ?

नेपालमा मनसुन ऋतु (जुनदेखि सेप्टेम्बरसम्म) वर्षभरि पर्ने कुल वर्षाको ८०% भन्दा बढी पानी ल्याउने महत्वपूर्ण समय हो। यस अवधिमा हुने वर्षा कृषि, जलस्रोत, र प्राकृतिक प्रकोपहरूमा प्रत्यक्ष प्रभाव पार्दछ ।
विश्वव्यापी तापमान वृद्धिका कारण वायुमण्डलमा आर्द्रता बढ्दै गएको छ, जसले गर्दा वर्षाको तीव्रता र अस्थिरता बढेको छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा एकैचोटि धेरै पानी पर्ने, लामो समयसम्म सुक्खा रहने, र अचानक बाढी तथा पहिरोको जोखिम बढ्रछ ।
नेपालको मनसुन प्रणाली भारतको मौसम प्रणालीसँग गहिरो रूपमा सम्बन्धित छ । भारतको प्रमुख निजी मौसम पूर्वानुमान संस्था स्काइमेटले २०२५ को मनसुनलाई “सामान्य” रहने भविष्यवाणी गरेको छ ।
भारतको उत्तरपूर्वी क्षेत्र र पहाडी राज्यहरूमा सामान्यभन्दा कम वर्षाको सम्भावना रहेकोले, नेपालको पूर्वी र मध्य पहाडी तथा हिमाली क्षेत्रहरूमा पनि वर्षा सामान्यभन्दा कम हुन सक्छ।
त्यस्तै, भारतको पश्चिमी र दक्षिणी भागमा पर्याप्त वर्षाको सम्भावना रहेकोले, नेपालको पश्चिमी पहाडी र तराई क्षेत्रहरूमा पनि सामान्य वा सामान्यभन्दा बढी वर्षा हुन सक्छ । मनसुन सुरूकै जुन महिनामा वर्षा कम हुनाले धान रोपाइँ ढिलो हुन सक्छ । अगस्ट र सेप्टेम्बरमा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना भएकाले पहाडी र हिमाली क्षेत्रहरूमा बाढी र पहिरोको जोखिम बढ्न सक्ने अनुमान छ ।
बंगालके खाडीबाट अउने जलवाष्पयुक्त वायु भारतके उत्तरपुर्वी राज्यहरू सिक्किम, पश्चिम वंगाल, विहारहुँदै पश्चिम तर्फ बहने नियमित रूट छेडेर पछिल्ला तीन–चार वर्षदेखी मध्य भारतबाट पश्चिम तर्फ बहने गरेकाेले नेपालमा समेत मनसुन वर्षा अनियमित हुने जेखिम बढेकाे हाे ।
सामान्यतः मनसुन नेपालमा जुन १३ मा भित्रिन्छ र अक्टोबर २ मा बाहिरिन्छ। यो अवधिमा वर्षाको सम्भावना अन्य सिजनभन्दा ज्यादा हुन्छ। तर मौषम बिज्ञहरु भन्दैछन यस बर्ष सामान्य भन्दा चर्को र लामो हुन सक्छ मनसुन।
वरिष्ठ मौसमविद् मीनकुमार अर्याल भने आगामी मनसुनको अवस्थाबारे अहिले नै पूर्वानुमान गर्न नसकिने बताउँछन्। उनी भन्छन्, “मनसुन शुरू हुन अझै केही समय बाँकी छ। त्यसैले अहिले नै मनसुनको अवस्थाबारे पूर्वानुमान गर्न सकिँदैन। वैशाख अन्तिम हप्तातिर हामी यसपालि मनसुनमा कतिको वर्षा हुन्छ भन्ने बुलेटिन जारी गर्छौं।”
मौसमविद् अर्यालका अनुसार यसपटक धेरै ठाउँमा सडकको अवस्था राम्रो नभएकाले मनसुन शुरू हुनुपूर्व नै सुरक्षा तयारी थाल्नुपर्छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी मनसुनको सम्भावित जोखिमको तयारी गरिरहेको प्रवक्ता रामबहादुर केसी बताउँछन्। “हरेक वर्ष मनसुनपूर्व तयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउने गर्छौं,” उनी भन्छन्, “चैत १७ गतेदेखि हामीले यो काम थालिरहेका छौँ। समिति गठन गरेर योजना बनाइरहेका छौँ।”
मौसम विभागले पूर्वानुमान बुलेटिन जारी गरेपछि त्यसअनुसार पूर्वतयारीको कार्ययोजना बनाउने केसीको भनाइ छ। “मनसुन शुरू भएको पूर्वानुमान महाशाखले बुलेटिन निकालेपछि त्यहीअनुसार कार्ययोजना बनाउँछौँ। हाम्रो कमाण्ड टोली तैनाथ हुन्छ। प्रदेश र स्थानीय तहमा पनि समन्वय गर्ने काम गर्छौं।”
दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको छ । सोही आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ। दक्षिण एशियाली मौषम विदहरुले बताए अनुसार यो वर्ष अघिल्ला वर्षभन्दा कम्तीमा एक साता अघि नै मनुसन सुरु हुने अनुमान पनि छ ।
के हाे मनसुन ?
बर्खा लाग्यो । बर्खालाई हामीले वोलीचालीमा मनसुन सुरु हुनेक्रमलाई बुझ्दछौं । सामान्यतया नेपालमा पूर्वबाट मनसुन प्रवेश गरी सुदुरपश्चिमबाट बाहिरिने गर्छ ।
मनसुन शब्द अरबी भाषाको ‘मौसिम’ बाट आएको हो । यसको अर्थ बतासको बेला भन्ने हुन्छ । वतास कुन समयमा कता बग्छको आधारमा पानी पर्ने सिजनलाई मापन गरिने भएकोले अरबी भाषाको मौसिमबाट नेपाली मौषम बनेको हो । पृथ्वीमा ६ प्रकारका मनसुन सकृय छन । अफ्रिकी मनसुन, उत्तर अमेरिकी मनसुन, उत्तरपूर्व भारतिय मनसुन, दक्षिण एसियाली मनसुन र युरोपेली मनसुन । नेपालको मनसुन दुई खाले हावाबाट प्रभावित हुन्छ । दक्षिण–पश्चिम मनसुन र उत्तर–पूर्वी मनसुन ।
हिन्द महासागरबाट बंगालको खाडीहुँदै दक्षिणपूर्वी दिशाबाट बर्खा याममा आउने (गृष्मकालिन बर्षा) दक्षिण एसियाली मनसुन हो । हिँदमा अरवसागरबाट चिसो हावाले ल्याउने मनसुन (शितकालिन बर्षा) उत्तरपूर्वी भारतीय मनसुन हो । सूर्यलाई परिक्रममा गर्ने क्रममा पृथ्वी तथा पानी तात्ने र सेलाउने प्रकृयासँगै आकासमा बग्ने हावाको गति र बाटोको आधारमा मनसुन प्रभावित हुन्छ ।
हामी पृथ्वीले उत्तरी गोलार्धमा बस्छौं । पृथ्वी कक्षमा फरिक्रमा गर्ने त्रममा सूर्य उत्तरायण भै कर्कटरेखा पुग्दा पृथ्वीको जमिन बेस्सरी तात्ने गर्छ । तर जमिनको तुलनामा पानी ढिलो तात्ने हुँदा हिन्द महासागर, बंगालको खाडी र अरव सागर तातेका हुँदैनन । जमिन सूर्यको तापले तातेपछि हावा हलुका भै माथीमाथी उठ्छ । जमिनको हावा माथी उडेपछि रिक्त स्थानमा समुद्रको चिसो हावा जमिन तिर बग्न थाल्छ ।
पृथ्वी पश्चिमबाट पूर्वतिर फन्को मार्दै घुमिरहने हुनाले दक्षिणमा अवस्थित हिन्द महासागर र बंगालको खाडीबाट उठ्ने जलवाष्पयुक्त हावालाई उत्तरी क्षेत्रमा फैलिएको हिमालय पहाड श्रृखलाले छेक्ने हुँदा भारतको पश्चिमी तटबाट भित्र घुसेर नेपालको पूर्व मेचिहुँदै हिमालको फेदै फेद पश्चिम तर्फ बग्छ ।
समुद्रबाट आएको पानीबोकेको हावालाई हिमालमा ठोकिएर चिसिएपछि पानी भै बर्षा हुन्छ । त्यसैले नेपाल पस्ने मनसुनलाई दक्षिण–पूर्व मनसुन भन्ने गरिन्छ ।
मनसुनले मेघालय (भारतको) चेरापुन्जीमा अधिक बर्षा गराउँछ । नेपालमा भने गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लाका सीमावर्ती अन्नपूर्ण गाउँपालिका (अन्नपूर्ण हिमालमा दुवैको दावी रहेकोले आ–आफ्ना नाम अन्नपूर्ण राखेका छन) मा हुन्छ ।
समुद्रबाट पानीबोकेर उडेको वतास ५ मिटर माथी आकासमा एकत्रित हुन्छ । हाम्रा हिमाल ८ हजार मिटर अग्ला हिमालय पर्वत नाघेर हिमालपारी पुग्न सक्दैनन । त्यसैले हिमालपारी मनसुन नहुने र मध्य एसियाबाट ठन्डा वतास नेपालमा आउन यीनै हिमालले रोक्ने गर्छ ।
जलवाष्पयुक्त वायु पश्चिम पुग्दा कमजोर हुने भएकोले पूर्वी नेपालमा भन्दा पश्चिम नेपालका पानी कम परेको हो । कुन ठाउँका कति पानी पर्छ भन्ने कुरा त्यहाँ अवस्थित अग्ला हिमालले निर्धारण गर्छ ।
नेपालमा बर्षभरी जति पानी पर्छ त्यसको ८० प्रतिशत असार, साउन, भदौ र असोजमा पर्छ । त्यसैले भिरालो र पहाडी क्षेत्र बढी भएको नेपालमा मनसुनमा मात्र बढी बाढीपहिरो जाने गर्छ ।
पृथ्वीले सूर्यलाई घुम्ने प्रकृयामा सूर्य उत्तरायणहुँदा कर्कटरेखामा पुगेर असार (जुन २१)पछि दक्षिरायण हुन्छ । सेप्टेम्बर २३ (असोज )बाट पृथ्वी भुमध्य रेखातिर पुग्छ । त्यसैले सूर्य कर्कट रेखामा हुँदा जमिन तात्ने र समुद्र चिसो हुने भएकोले समुद्रबाट हावा जमिन प्रवेश गर्ने र सुर्य भुमध्य रेखा पुग्दा जमिन चिसो बन्ने र समुद्रको पानी तातो हुनेहुँदा जमिनबाट हावा समुद्र तर्फ नै बग्ने गर्छ ।
मनसुनमा बंगालको खाडी र हिन्द महासागरबाट पानी पार्ने वायु आउँछ । हिउँदमा नेपालको जमिनबाट हावा दक्षिण सर्ने भएकोले रिक्त भएको स्थानमा पश्चिममा पर्ने अरव सागरको हावा आउने भएकोले चिसो र हिउँ पार्ने पानी पर्ने गरेको हो ।