- Loading...
उ बेलाकाे म्याग्दी, सूचना प्रविधी र म्याग्दी क्याम्पस
- पुनहिल डट कम
- ११ घण्टा अघि
- ९६ पटक पढिएको

२० वर्ष अघी सन्र २००५ मा म्याग्दीमा संञ्चालन गरिएकाे कम्युटर साक्षरता अभियानअन्तरगत टाेड्केमा अायाेजना गरिएकाे कम्प्युटर तालिम । तस्वीर ः घनश्याम खड्का ।
दुर्गम गाउँको एउटा परम्परागत शैलीको लिपपोत नभएको पुरानो घरको ढुङ्गामाटे भित्तामा काठ ठोकेर अड्याएर पुराना मोनिटर, सादा किवोर्ड सहित सजिएको कम्प्युटर सेटअपले प्राविधिक पहुँचको प्रारम्भिक र कठिन यात्रालाई चित्रण गरेको छ ।
सूचना प्रविधीकिो सुरुआति अवस्थामा म्याग्दीका विकट गाउँमा यसरी संञ्चालन गरिएको कम्प्युटर साक्षरता अभियानले डिजिटल चेतना फैलाउन ठूलो योगदान दिएको थियो । विकट भौगोलिक बनोट, सीमित पूर्वाधार र आर्थिक स्रोतका बाबजुद पनि सूचना तथा प्रविधि (आईसिटी) क्षेत्रमा म्याग्दीका गाउँलेहरु पाईला सारेका थिए ।
ढुङ्गामाटोको झुपडीमा अँध्यारो र सिसो भित्तामा पुराना सीआरटी मोनिटर र बेसिक कम्प्युटर सेटहरु बाट गाउँलेलाई पहिलो पटक कम्प्युटर चलाउन, टाईप गर्न र इन्टरनेट चलाउन सिकाउँदै सुरु भएको म्याग्दीको प्रविधिक यात्रा अहिले आधुनिक एआई टुल्स र क्लाउड कम्प्युटिङ तर्फ उन्मुख भएको छ ।
म्याग्दी बहुमुखी क्याम्पसले विआईसिटी कार्यक्रम संञ्चालन संञ्चालन गरेसँगै जिल्लामै आइसीटीमा दक्ष जनशक्ति उत्पादन तर्फ उन्मुख भएको छ । विद्यार्थी, शिक्षक र समुदाय स्तरमा एआई, रोबोटिक्स र च्याटजीपिटी जस्ता टुल्सहरुको प्रयोग सम्बन्धी छलफल, अर्न्तक्रिया गरिन थालिएको छ ।
म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित ‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ सम्बन्धी सेमिनारमा बोल्दै काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डा. मनोज शाक्यले एआई, रोबोटिक्स र च्याटजीपिटी जस्ता टुल्सहरुको प्रयोगले सहरी जीवनशैलीमा मात्र होईन ग्रामिण अर्थतन्त्रसम्मै प्रभाव पार्ने कुरा चर्चा गरे ।
‘आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को युग सुरु भएको छ । एआईको प्रयोगले काम छिटो, प्रभावकारी र विश्लेषणमुखी बनाउन सामर्थ बनाएको छ । र परम्परागत जीवनशैलीमा चुनौति थपेको छ’ डा.शाक्यले भने, ‘एआईको उपयोगले जीवन पद्धतिमा धेरै सहज बनाउँदै छ । जस्ते डिजिटल प्रविधीलाई जान्यो, एआईलाई चिन्यो उस्लाई सहज छ, जस्ले जानेन उस्को रोजगारी समेत गुमाउने छन । तर एआईको प्रयोग सर्वत्र सतप्रतिशत विश्वासनीय नहुन सक्ने भएकोले सचेत हुनै पर्छ ।’
फेरिएको प्रविधी चेतसँगै म्याग्दीमा फेरी सूचना प्रविधीको पछिल्लो पुस्ता आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रयोग, साईवर सुरक्षा सहित डिजिटल साक्षरता अभियान सुरु भएको छ । कम्प्युटर एशोसियसन नेपाल म्याग्दीको अगुवाईमा हालै ‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ अभियान सुरु गरिएको छ ।
मानव स्रोतलाई नै विस्थापन गर्ने गरी अघि बढेको एआई प्रविधी र डिजिटल युग दैलोमै आएको भएपनि अझै ग्रामिण भेगमा उच्चगतिको इन्टरनेट, नयाँ पुस्ताका हार्डवयर तथा अपडेटेड सफ्टवेयरको सहज पहुँच चुनौतिपूर्ण बनेका छन । युग अनुसारको नीति, नियम र प्रयोगमा भने अझै नेपाली समाज पछाडी देखिएको छ ।
‘एआर्ई सम्बन्धी नीति, नियम र प्रयोग बारे जनचेता फैलाउन आवश्यक छ । कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा प्रविधीको दुरुपयोग बढ्दै छ’ म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले भने, ‘सूचना प्रविधी र डिजिटल युगले जीवन सहज मात्र बनाएको छैन, हाम्रो जस्तो पिछडिएको समाजलाई झन जटिल र चुनौतिको संघारमा धकेलिएको पनि छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
