FLASH NEWS
  • Loading...

खमबहादुर गर्बुजा राज्यमन्त्रीमा नियुक्त

  • पुनहिल डट कम
  • ५ घण्टा अघि
  • ७१ पटक पढिएको
खमबहादुर गर्बुजा राज्यमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन्।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले म्याग्दीबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित काँग्रेसका गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त गरेका हुन्।

यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए । यसअघि कांग्रेसबाटै ऊर्जा राज्यमन्त्री रहेका पूर्णबहादुर (कान्छाराम) तामाङलाई वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा आफूलाई बर्खास्त गरिएको तामाङले बताएका थिए ।