FLASH NEWS
  • Loading...

चिमखाेलामा ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ८३ पटक पढिएको
चिमखाेलामा ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

रघुगंगा गाउँपालिका, ७ चिमखोला स्थित घैरावारीमा निर्माणाधिन ३७।५ मेगावाट क्षमताको राहुघाट मंगले जलविधुत आयोजनाको ट्रिपर दुर्घटनाहुँदा सवार एक जना मजदुरको मृत्यु भएको छ ।
रघुगंगा गापा, ८ घ् याँसीखर्क स्थित आयोजना निर्माणस्थलमा सिमेन्ट पुर्‍याएर फर्कदै गरेको लु २ ख ६११२ नम्बरको मालबाहक ट्रिपर सडकदेखी तल खस्दा सवार दाङ जिल्लाको वरैयाका ४० बर्षिय बीरबहादुर चौधरीको घट्नास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । तुँदीपावर कम्पनी प्रर्वद्धक रहेको राहुघाट मंगले जलविधुत आयोजनाको ठेकदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनको ट्रिपर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी ट्रिपर चालक रुपन्देही जिल्ला देविनगरका कमल श्रेष्ठ, सहचालक नवलपरारी जिल्लाको त्रिवेणी गापा, ६ का राहुलसिंह ठकुरी र आयोजनाका सव इन्जिनियर रामेछापका भुवन कार्की रहेका छन । घाईतेहरुलाई हेलिकोप्टरबाट पोखरा स्थित मणीपाल शिक्षण अस्पताल पुर्‍याईएको छ ।
मृतकको शव पोष्टमार्टमकालागी सरदमुकाम बेनी ल्याईएको छ । मृतक चौधरी आयोजनाको हेडसाईटमा विग्रेका उपकरण मर्मतगरी पावरहाउस क्षेत्रमा फर्कदै थिए । दुर्घटनाको कारण नखेलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।