FLASH NEWS
  • Loading...

पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ३४ पटक पढिएको
पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

संस्थागत विकास, संगठन शुद्धिकरण अभियान र पेशागत हकहितका लागि नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा बुधबार विहान पाेखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभाका प्रमुख डिल्लिराज भट्ट, महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेललाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन।

शाखाले संगठन शुद्धिकरण अभियानमा शाखाका ६२ सदस्यमध्यबाट निस्कृय सदस्य हटाएर १२ जनामा खुम्च्याएकाे थियाे । तर शाखाले संगठन शुद्धिकरण चलाएकाे भएपनी सम्मान प्रदान गरेकाे प्रदेश कमिटी र केन्द्रीय कमिटीले युट्युवेलाइ नयाँ सदस्यता दिने र  विभिन्न संस्थामा पूर्णकालिन कर्मचारीलाइ प्रर्यटक पत्रकार बनाइ पठाउन सक्ने अाशंका गरिएकाे छ । यदी त्यस्ताे भयाे भने, सम्मान पत्रकाे अपमान भएकाे ठानिने छ ।

गण्डकी प्रदेशका ११ जिल्लामा उत्कृष्ट शाखा बनेकाे हाे । नेपाल पत्रकार महाँसघ म्याग्दी शाखा बि.स २०६३ सालमा स्थापाना भएको हाे ।