FLASH NEWS
  • Loading...

दानामा पर्यटक जीप दुर्घटना, यात्रु सामान्य घाइते

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १८८ पटक पढिएको
दानामा पर्यटक जीप दुर्घटना, यात्रु सामान्य घाइते

हिमालपारीको मुस्ताङ भ्रमणगरी फर्कदै गरेको ग १ य ११२१ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक जीप आईतवार साँझ ५ बजे अन्नपूर्ण गाउँपालिका, ३ दानाको लाटाखोलामा दुर्घटनाग्रस्त भएको छ । जीपमा चालक समेत ५ जना आन्तरिक पर्यटक सवार थिए ।
बेनी–जोमसोम सडक अर्न्तगत दानाको लाटाखोलामा ब्रेकफेल भै पर्यटक जीप सडकदेखी अन्दाजी ५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय दानाका सहायक हवल्दार विजय पौडेलले बताए ।
प्रहरीका अनुसार दुर्घटनामा परि जीप चालक ज्ञानेन्द्र आचार्यको दाहिने साप्रामा चोट लागेको छ । अन्य यात्रु सकुसल छन ।