FLASH NEWS
  • Loading...

गैसस महासंघ म्याग्दीमा पुनः पौडेल

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ११९ पटक पढिएको
गैसस महासंघ म्याग्दीमा पुनः पौडेल

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन भएका छन् ।

आइतबार सम्पन्न शाखाको १०औं अधिवेशनले पुनः पौडेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले महासंंघको उपाध्यक्षमा निरमाया मिजार, सचिवमा कमला बानियाँ थापा, सहसचिवमा खुमबहादुर किसान र कोषाध्यक्षमा भीमबहादुर रिजाल निर्वाचित भएका छन् ।

यसैगरी अधिवेशनले कार्यसमिति सदस्यहरुमा गौरी थापा, शर्मिला पुन, नम्रता पौडेल खत्री, मुक्तमान केसी, विष्णु गुरुङ र भीमबहादुर गुरुङ निर्वाचित भएको महासंघ म्याग्दी शाखाले जनाएको छ ।