FLASH NEWS
  • Loading...

सरकारको वित्तिय सामान्यीकरण अनुदान नआउँदा भुक्तानी रोकियो

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ५४ पटक पढिएको
सरकारको वित्तिय सामान्यीकरण अनुदान नआउँदा भुक्तानी रोकियो

संघिय सरकारले संञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने वित्तिय सामान्यीकर अनुदान अर्न्तगतको तेस्रो त्रैमासिक बजेट नआएपछि बेनी नगरपालिकाले सम्पन्न भएका ११ वटा योजनाहरुको ब्यवसायीलाई भुक्तानी दिन सकेको छैन ।
संघिय सरकारको वित्तिय सामान्यीकर अनुदान अर्न्तगत संञ्चालित योजनाहरुको बजेट तत्काल पठाउन नसकिने भनी अर्थमन्त्रालयले परिपत्र गरेपछि प्राप्त सामान्यीकरण अनुदान तर्फका योजनाहरु अलपत्र परेका हुन । बेनी नगरपालिकाले संघिय सरकारको सामान्यीकरण अनुदान तर्फ प्राप्त गरेको ११ करोड बजेटमध्यबाट तेस्रो किस्तामा आउनु पर्ने २ करोड ७५ लाख रुपैयाँ नआएपछि सम्पन्न भएका योजनाको पनि भुक्तानी गर्न नपाएको जनाएको छ ।

संघिय सरकारको वित्तिय सामान्यीकर अनुदान राेकिने भएपछि बेनी नपाकाे मात्र हाेइन, देशैभरका स्थानीय सरकारका साे अनुदानबाट संञ्चालित याेजनाहरू र सम्पन्न भएका याेजनाकाे भुक्तानी प्रभावित हुने भएका छन ।
‘नेपाल सरकारको सामान्यीकरण अनुदान रोकिएकोले समयमै काम सम्पन्न गर्ने योजनाहरुको भुक्तानी दिन नसक्ने अवस्थामा छौं । समयमा काम गर्ने उपभोक्ता र निर्माण ब्यवसायी उल्टो अल्झनमा परेका छन’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘अर्थ मन्त्रालयले चैत मसान्तमा उठ्ने राजश्वको आधारमा पछि अनुदान रकम पठाईने भएकोले सामान्यीकरण अनुदानबाट संञ्चालित योजनाहरुको सम्झौता नगर्नु भन्ने पत्र पठाएको छ । तेस्रो किस्ता अनुदान पनि आएको छैन ।’
बेनी नगरपालिकाका अनुसार संघिय वित्तिय सामान्यीकरण अनुदान तर्फ संञ्चालनमा रहेका ११ वटा योजनामध्य योजना सम्पन्न भएका विद्यामन्दीर आधारभुत विद्यालयको घेरावार ३ लाख ५० हजार, डाँडाखानी पदमार्गको ५ लाख रुपैयाँ भुक्तानी रोकिएको छ । त्यस्तैगरी भकिम्ली स्वास्थ्य चौकीको ३० लाख रुपैयाँ वरावरको रनिङ विलको भुक्तानी रोकिएको छ ।