- Loading...
योजना समयमै सम्पन्न गर्न निर्माण ब्यवसायीले गरे कायलनामा
- पुनहिल डट कम
- १ साल अघि
- ३४८ पटक पढिएको

बेनी नगरपालिका भित्र संञ्चालनमा रहेका प्रमुख योजनाहरु सम्झौता मिती भित्रै सम्पन्न गर्न निर्माण ब्यवसायीले कायलनामा (लिखित सहमति) गरेका छन ।
बेनी नगरपालिकाले संञ्चालन गरेका बेनी–पात्लेखेत सडक (२ करोड), बेनी–पुलाचौर सडक (८२ लाख), बेनी–छापा सडक (७२ लाख), जामुनाखर्क नमुना विद्यालय भवन (१ करोड), खवरा खानेपानी योजना (४२ लाख), पुलाचौर–पुरुण्डी खानेपानी योजना (१ करोड) र रावण पार्क (१ करोड ८७ लाख) योजना निर्माण सुस्त भएपछि नगरपालिकाले ब्यवसायीलाई बोलाएर कायलनामा गराएको हो ।
बेनी नगरपालिका योजना शाखाका अनुसार ०८१ जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको बेनी–पात्लेखेत सडकको हालसम्म २० प्रतिशत, बेनी–पुलाचौर सडक ५० प्रतिशत र बेनी–छापा सकड ६५ प्रतिशत मात्र भौतिक प्रगती रहेको छ ।
त्यस्तै, खवरा खानेपानी योजनाको ९० प्रतिशत र पुलाचौर–पुरुण्डी खानेपानी योजनाको १० प्रतिशत मात्र भौतिक प्रगति रहेको छ ।
रावणपार्कमा भने यही फागुन २९ गतेसम्म रावणको मुर्क्ति ल्याउने र चैत पहिलोसातासम्म राख्ने निर्माण ब्यवसायीले फोनमा प्रतिवद्धता जनाएको नगरपालिकाले जनाएको छ ।
‘नगरपालिका भित्रका प्रमुख केही योजनाको निर्माण गति अति सुस्त देखिएको र सम्झौता मिती भित्र सम्पन्न हुन कठिन हुने देखिएपछि ब्यवसायीलाई बोलाएर लिखित प्रतिवद्धता गराएका हौं’ बेनी नगरप्रमुख सुरत केसीले भने, ‘सवै योजनाहरुको साईड दिने र गुणस्तर निगरानी गर्न सम्बन्धीत वडाका प्राविधिकलाई खट्न लिखित निर्देशन पनि दिएका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
