FLASH NEWS
  • Loading...

गाजने र नयाँगाउँका सवैका घरको आगनमा खानेपानीको धारा

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • ११७ पटक पढिएको
गाजने र नयाँगाउँका सवैका घरको आगनमा खानेपानीको धारा

*बेनी नगरपालिका, ५ गाजनेमा निर्माणाधिन एक खानेपानीको धारा ।

बेनी नगरपालिका, ५ गाजने र नयाँ गाउँका मठमन्दीर, विद्यालयहरु समेत सवै ८ सय घरधुरीमा एक घर एक धारा कार्यक्रम अर्न्तगत खानेपानी पुगेको छ ।
बेनी नगरपालिकाले भ्याट सहित ७६ लाख लागतमा खानेपानीको अभावग्रस्त गाजने र नयाँ गाउँका सवै घरमा खानेपानीको धारा पुर्‍याएको हो । एक घर एक धाराबाट दुई वस्तीका कम्तीमा ८ सय उपभोक्ता प्रत्यक्ष लाभान्वीत भएका छन । खानेपानी योजना सम्पन्न गर्न श्रमजिवी निर्माण सेवाले ०७९ माघ २३ गते ठेक्का सम्झौता गरेको हो । तर योजना सम्पन्न भएपनि उपभोक्ताले योजना लिन आनाकानी गरेका छन ।
‘योजना सम्झौताको दोस्रो म्याद भित्रै सम्पन्न भएको छ । गाजने र नयाँ गाउँका सवै घरमा खानेपानीको धारा निर्माण भएका छन । अव योजना हस्तान्त्रणको प्रकृयामा छौं’ श्रमजिवी निर्माण सेवाका प्रकाश बानियाँले भने, ‘उपभोक्ता समिति नै सकृय नभएकोले योजना कस्लाई बुझाउने भन्ने अन्यौल भएको छ । नगरपालिकासँग हस्तान्त्रण गर्ने विधीमा छलफलमा छु ।’