FLASH NEWS
  • Loading...

पुस्तक तथा स्टेशनरी महासंघमा नारायण शर्मा, मुद्रण संघमा सन्दीप खत्री

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १७८ पटक पढिएको
पुस्तक तथा स्टेशनरी महासंघमा नारायण शर्मा, मुद्रण संघमा सन्दीप खत्री
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ  म्याग्दी शाखाको शनिवार सम्पन्न १५औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अध्यक्षमा नारायण शर्मा चयन भएका छन । त्यस्तै शनिवार नै सम्पन्न मुद्रण उद्याेग संघ म्याग्दीकाे अध्यक्षमा सन्दीप खत्री चयन भएका छन ।
‘व्यवसाय संरक्षण र साङ्गठनिक सशक्तिकरण हाम्रो अभियान’ भन्ने मूल नारासहित सम्पन्न नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीको अधिवेशनले उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ, सचिवमा ध्रुवराज सुवेदी, कोषाध्यक्षमा शान्ति पौडेल आचार्य र सहसचिवमा रामु रिजाललाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा लक्ष्मीप्रसाद सुवेदी, पुष्पा गौतम, लोकानाथ उपाध्याय, विष्णु थापा, नारायणप्रसाद पौडेल र गोविन्द आचार्य चयन भएका छन ।
त्यसैगरी शनिवार नै सम्पन्न म्याग्दी मुद्रण उद्याेग संघकाे प्रथम अधिवेशनबाट उपाध्यक्षमा रूद्रप्रसाद सुवेदी, सचिवमा सन्ताेष ढुङ्गाना, सहसचिवमा भुवन राेका र काेषाध्यक्षमा गुमा भट्टराइ चयन भएका छन ।
त्यस्तै सदस्यहरूमा लिलानाथ पाैडेल, खगेन्द्र थापा, चन्द्रबहादुर भण्डारी र दामु राेका चयन भएकाे संघले जनाएकाे छ ।