FLASH NEWS
  • Loading...

रघुगंगामा समीक्षा सार्वजनिक सुनुवाई

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १४८ पटक पढिएको
रघुगंगामा समीक्षा सार्वजनिक सुनुवाई

रघुगंगा गाउँपालिकाले बुधवार गाउँपालिकाको आव ०७९/०८० तथा आव ०८०/०८१ मंसिर मसान्तसम्मको समीक्षा तथा सार्वजनिक सुनुवाई गरेको छ ।
गाउँकार्यपालिकाको कार्यालयमा जनप्रतिनिधी तथा कर्मचारी बाहेक ज्यादै सीमित सर्वसाधारणको उपस्थिती रहेको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले पालिकाका कृषी, पशुसेवा, लघुउद्यम शाखाले आयोजना गरेका भिभिन्न तालिमहरु प्रभावकारी हुन नसकेको, पालिका क्षेत्रमा संञ्चालित विभिन्न जलविधुत आयोजनाका गाडीले सडक विगारे पनि मर्मत नभएको, सुरुङ निर्माण गर्दा जनताको घरमा क्षति पुगेको तर पालिका नेतृत्व मौन रहेको गुनासो गरे ।
कार्यक्रममा रघुगंगा गापा, २ का वडाध्यक्ष, वडा ४ का वडासदस्य, ८ नम्बर वडासदस्य, ५ का वडासदस्य समेतले पनि गाउँपालिकाले संञ्चालन गरेका विभिन्न कार्यक्रमहरु र त्यसको प्रभावकारीतामा आलोचनात्मक सुझाव राखेका थिए ।


त्यस्तै, स्थानीय पाठ्यक्रम बनेपनि पाठ्यपुस्तक बन्न नसकेको, दृष्टीविहीन स्रोत कक्षाका विद्यार्थीकालागी खेलकुद सामाग्री तर तालिम विना राष्ट्रपति शल्डि प्रतियोगितामा सहभागी हुनु परेको, पालिकामा संञ्चालित विभिन्न योजनामा अख्तियारमा उजुरी परेपनि पालिका जिम्मेवार नभएको जस्ता प्रश्न उठाएका थिए । गलेश्वर–मौवाफाँट सडक निर्माणमा पालिकाले चासो नराखेको, स्थानीयवासीले पालिका केन्द्रमा अस्पताल समेतका सवै पूर्वाधार एकै स्थानमा बनाउने भनी जग्गा दिएको भएपनि अहिले अस्पताल बेग पुर्‍याएको र तालिमहल समेतका पूर्वाधार पनि नबनेको गुनासो गरेका थिए ।
सार्वजनिक सुनुवाई सूरु हुनु अघि पालिकाका कृषी, भेटेरीनरी, श्वास्थ्य, शिक्षा, लघुउद्यम, प्राविधिक, आर्थिक, पन्जिकरण समेतका विभागीय शाखाहरुबाट आव ०७९/०८० तथा आव ०८०/०८१ मंसिर मसान्तसम्म भएगरेका कामहरुको विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्राविधिक शाखा प्रमुख इन्जिनियरले उपभोक्ता समितीहरुको काम गर्ने शैली र सोंचमा सुधार हुन नसकेको भन्दै पूर्वाधार गुणस्तर, नापजाँच र भुक्तानी प्रकृयामा आइपरेका समस्या बारे र लेखा अधिकृत खगराज सुवेदीले लेखा प्रणाली, खर्च विवरण र योजनाहरुको लिष्ट प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको सम्बन्धीत शाखा प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, उपप्रमुख प्रेमकुमारी पुन तथा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जवाफ दिनुको साथै अस्पष्ट भएका विषयमा प्रष्ट पारेका थिए ।