FLASH NEWS
  • Loading...

मोटरसाईकल सहित कालीगण्डकीमा खसेका घर्तीको शव फेला

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ११०३ पटक पढिएको
मोटरसाईकल सहित कालीगण्डकीमा खसेका घर्तीको शव फेला

अन्नपूर्ण गाउँपालिका, ३ घर भै हाल सोही गापा, २ तातोपानी बस्ने ३१ बर्षिय सुजन घर्तीको शव तीन दिनपछि नौनीबगर छेउमा कालीगण्डकीको खोंचमा फेला परेको छ ।
शसस्त्र प्रहरी वल गलेश्वर स्थत आश्रित गुल्मबाट खटिएका गोताखोर र नेपाल प्रहरीको संयुक्त टोलीले जिसीको शव विहिवार दिउँसो १ बजे सडक देखी करिव १ सय मिटर तल कालीगण्डकी नदी खोंचमा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत पुस २ गते घरबाट ग १ प ११३० नम्बर प्लेटको मोटरसाईकल लिएर पोखरेबगर तर्फ गएका जिसी बेनी–जाोमसोम सडक अर्न्तगत पोखरेबगर–तातोपानी खण्डको नौनीबगर भिरबाट तल कालीगण्डकीमा खसेका थिए । पुस ३ गते विहानै देखी स्थानीय र प्रहरीले खोजी गरेपपनि फेला पार्न नसकेपछि पुस ४ गते विहानै देखी गोताखोरहरु कालीगण्डकीको चिसोमा हेलिएर जिसीको खोजीमा जुटेका थिए । जिसीले चढेको मोटरसाईकल भने फेला परेको छैन ।
त्यसैगरी धवलागिरी गाउँपालिका, ७ हिलापोखरीकी ७६ बर्षिया मनकुमारी पुनको शव विहिवार सोही पालिका, ७ को खोर्वाङ स्थित म्याग्दीखोला खोंचमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुन गत आईतवार घरबाट सम्पर्क विहीन भएकी थिईन ।