FLASH NEWS
  • Loading...

म्याग्दीका पत्रकार अमितको ‘मनकी रानी’ सार्वजनिक (भिडियो सहित)

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २६९ पटक पढिएको
म्याग्दीका पत्रकार अमितको ‘मनकी रानी’ सार्वजनिक (भिडियो सहित)

नेपाल पत्रकार महाँसङ म्याग्दी शाखाका काेषाध्यक्ष तथा जनसन्देश अनलाइनका सम्पादक रहेका पत्रकार अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ सार्वजनिक भएको छ ।

अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडियो अमित विश्वकर्मा युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।
राग स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज आशिष अविरलले छायाँकन तथा निर्देशन दुर्गा पौडेलले गरेका छन।

मंगला गाउँपालिका ३ बरंजा, खानीगाउँ घाम्ताङमा छायाँङ्कन गरिएको गीतको म्युजिक भिडियोमा बरंजाको ऐतिहासिक पर्यटकीय स्थल चिनाकोत धुरी (बाइसे, चौविसे राजाको दरबारका भग्नावशेष रहेको ठाउँ) लाई समेत समावेश गरिएको छ ।
गुल्मी र बेनी बजारका मायालु जोडिको प्रेमका भावहरुलाई गीतमा व्यक्त गरिएको छ । गीतको भिडियोमा गायक तथा मोडल ध्रुव जिसी, गायक रवि कार्की, विजुन केसी, भलिबल प्रशिक्षक तेजेन्द्र वानियाँ, सर्जक कलाधर कँडेल, गोकुल विश्वकर्मा, गायक जीवन कार्की लगायतलाई पनि देख्न सकिन्छ ।

गायक तथा संचारकर्मी अमित विश्वकर्माका ठाउँ छ मनै खानी, पुग्नै पर्ने ठाउँ, हेर्छु डाँडैबाट, डाँडापारी मायाको गाउँछ, बैश छदा भएन पैसानी, रोईहिन्छु सधैभरि म लगायतका गीतहरु सार्जनिक भएका छन ।