FLASH NEWS
  • Loading...

गलेश्वरधाममा सतवीज छर्ने भक्तजनको ओईरो

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २९५ पटक पढिएको
गलेश्वरधाममा सतवीज छर्ने भक्तजनको ओईरो

नेपालकै प्रसिद्ध तिर्थस्थलमध्यको एक म्याग्दीको गलेश्वरधाममा हिन्दु धार्मिक विश्वास अनुसार सतबिज छर्न हजारौं तिर्थालुहरु भीड लागेको छ ।
सतविज छर्न जिल्लाबाहेक बाग्लुङ्ग, मुस्ताङ्ग, पर्वत, कास्की, पोखरा, तनहुंबाट समेत ठुलो संख्यामा झक्तजन आएका छन ।
मुत्तिद्वारको रुपमा परिचित कालीगण्डकी नदी किनाराका चार प्रमुख तीर्थस्थल मध्यको एक गलेश्वरमा बिहानै देखी कालीगण्डकी नदीमा नुहाएर सेलेस्मान्तक वन, गलेश्वर मन्दिर क्षेत्रमा सतबिज छर्नेको घुईचो लागेको छ ।
‘यो वर्ष ५० हजार बढी भक्तजनले गलेश्वरधामको दर्शन गर्ने र सतविज छरेको अनुमान गरेका छौं’ गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मीले भने, ‘कतिपय भक्तजन आईतवार साँझदेखी नै गलेश्वर पुगी भजनकिर्तनगरी जाग्राम बसेका थिए ।’


वालाचतुर्दशीमा गलेश्वरमा ‘रोट’ चढाए आफ्नो मनोकांक्षा पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ । स्कन्दपुराणमा सतीदेवीको मृत्यु पश्चात उनको मृत शरीर लिएर शिव कालीगण्डकी नदी किनारै किनार कैलाश पर्वंत तर्फ हिंडिरहेका बेलामा सतीदेवीको गलापतन भै त्यहाँ गलेश्वर महादेव उत्पन्न भएको उल्लेख छ ।
गलेश्वरधाम नेपालकै एक प्रसिद्ध तिर्थ मध्यको एक धाम हो । गलेश्वर मन्दीरको मुख्य आर्कषण ज्योर्तिलिङ्ग हो । उक्त शिव लिंङ्ग गरेको गलेश्वर मन्दीर एउटै विशाल ढुङ्गामाथी रहेको छ ।
गलेश्वर मन्दिर परिसर भित्रै चट्टान वीच लाम्चो आकार परेको एक जल कुण्ड छ । ढुङ्गाको विचमा स्वनिर्मित तलाउको पानी हिउँद/बर्खा एक नास रहनु नै हो ।