FLASH NEWS
  • Loading...

निर्मल पुर्जाको रेकर्ड तोडने किर्तिमानी पर्वताराेही तेन्जेन शेर्पाकाे हिमपहिरोमा परी निधन

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २२२ पटक पढिएको
निर्मल पुर्जाको रेकर्ड तोडने किर्तिमानी पर्वताराेही तेन्जेन शेर्पाकाे हिमपहिरोमा परी निधन

छोटो समयमा नै ८ हजार माथिका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएका तेन्जेन लामा शेर्पाको निधन भएको छ।

तीन दिन अघि शनिवार शीशापाग्मा हिमाल आरोहण क्रममा हिमपहिराेमा परि वेपत्ता रहेका शेर्पा र अर्की अमेरिकी पर्वताराेही जिनामारी रूजुसिड दुवैको मृत्यु पुष्टी भएकाे सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिएका छन्। ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहणको लक्ष्य लिएका अमेरिकी नागरिक एन्ना गुटु र उनका नेपाली गाइड गाइड मिङ्मा शेर्पाकाे पनि शनिवार नै मृत्यु भएकाे थियाे । उक्त्त हिमपहिराेमा दुइ अमेरिकी पर्वताराेही मिहला र तेन्जीनसहित दुइ शेर्पा गाइड परेका थिए ।

निर्मल पुर्जाको १८९ दिनको पुरानो कीर्तिमानलाई उछिन्दै क्रिस्टिन हरिलासँगै ९२ दिनमा मात्रै ८ हजार मिटर उचाईको १४ वटा हिमाल आराेहणा गरेर साे रेकर्ड ताेडेका थिए। तर, किर्तिमानी अाराेही शेर्पा चीनकाे शीशापाग्मा हिमाल यात्रा पूरा गर्ने क्रममा गत शनिवारदेखि बेपत्ता थिए। उनीहरू यो सिजनमा सिसापाङ्मा जाने पहिलो टोली भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।