FLASH NEWS
  • Loading...

होटल व्यवसायीलाई सेवा प्रवाहसम्बन्धी तालिम

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १४५ पटक पढिएको
होटल व्यवसायीलाई सेवा प्रवाहसम्बन्धी तालिम

कालिगण्डकी कोरिडोरमा सञ्चालित होटल व्यवसायीहरूको सीप र दक्षता अभिवृद्धि गरी स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका लागि सहयोग पुर्‍याउन तालिमको आयोजना गरिएको छ ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा कोरिडोर क्षेत्रमा पर्ने पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चालित होटल व्यवसायी, होटलमा कार्यरत कामदार र कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी गुणस्तरीय सेवा प्रवाह गर्न अभिप्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेश समितीका अध्यक्ष अर्जुन चोखालका अनुसार ‘स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी’ तालिममा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका होटल व्यवसायी, कामदार र कर्मचारी गरी ६० जनाको सहभागिता रहेको छ ।

तालिमका सहभागीहरूलाई खाद्य स्वच्छता, सरसफाइ, पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबिचको सम्बन्ध, व्यवसायको प्रचारप्रसार र प्रवर्द्धन, स्थानीय उत्पादनको व्यवसायीकरण लगायतका विषयमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य लगायतले प्रशिक्षण गर्दैछन ।