FLASH NEWS
  • Loading...

नेपाल जेसीजद्धारा म्याग्दीका चार जना सम्मानीत

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • २५५ पटक पढिएको
नेपाल जेसीजद्धारा म्याग्दीका चार जना सम्मानीत

 

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसरमा म्याग्दी जेसिजले चार जना ब्यक्तित्वलाइ सम्मान गरेकाे छ ।

जेसीजले भेडापालक कृषक हिमबहादुर छन्त्याल, अल्लो लघुउद्यमी किरन थापा, विपतजन्य घट्नामा खाेज तथा उद्धारमा सेवा कार्य गरेका  इन्द्रसिंह शेरचन र गायन क्षेत्रमा चर्चा कमाउन सफल प्रकाश दुतराजलाई सम्मान गरेको हो ।

धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले व्यावसायिक घुम्ती गोठको भेडापालन गर्दै आएका छन । छन्त्यालकाे गाेठमा अहिले ६ सय बढी भेडा छन।

त्यसैगरी धवलागिरि गाउँपालिका–७ धारापानीका किरन थापाले जंगलमा खेर गएको अल्लोबाट कपडा बनाउने उद्योग सञ्चालन गरेका छन।

मुस्ताङ घर भै हाल अन्नपुर्ण गापा, ३ दानामा ब्यवसाय गर्दै अाएका इन्द्रसिं शेरचन बेनी–जोमसोम –कोरला सडक आयोजनामा अाइपर्ने बाढीपहिराे समेत बिपदजन्य घट्ना तथा हिमालमा हुने दुर्घटनामा संयमसेवी कार्यकर्ता भै  यात्रुकाे खाेज, उद्धार तथा सहयाेग गर्दै अाएका छन ।

त्यसैगरि गीत संगीतको क्षेत्रमा राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल म्याग्देली गायक प्रकाश दुतराजले म्याग्दीको नाम उचो बनाएकोमा उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।