FLASH NEWS
  • Loading...

जनैपुर्णिमा अाउँदैछ, लेककाे यात्रा गर्दा यस्तो पूर्वतयारी

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १५४ पटक पढिएको
जनैपुर्णिमा अाउँदैछ, लेककाे यात्रा गर्दा यस्तो पूर्वतयारी

|dg;'g ofqfsf ko{6s M dg;'g l;hgdf cGgk"0f{ rlqmo kbdfu{sf] kbofqfdf cfPsf Oh/]nL ko{6sx? cGgk"0f{ ufp“kflnsfsf] tftf]kfgLaf6 3f]/]kfgL -k'glxn_tkm{ hf“b} . dg;'g l;hgdf klg 3f]/]kfgL, tftf]kfgL / lxdfnkf/Lsf] d':tfª e|d0fdf ko{6s cfO{/x]sf 5g t:jL/ M 3gZofd v8sf, sflGtk'/

ट्रेकिङमा निस्कनुको मज्जा बेग्लै छ । मनसुन ट्रेकले यात्रालाइ रमाइलो बनाउँछ । मनसुनमा ट्रेकिङमा निस्कँदा तपाईंले प्रकृतिसँगै खुला आकाश हेर्न पाउनुहुन्छ । तर, कहिलेकाहीँ यात्रामा वर्षाले समस्या पारिदिनसक्छ ।

मनसुनकाे समय बाढी–पहिरोको जोखिम पनि हुने भएकाले पनि घुम्न जान लागेको ठाउँका विषयमा पर्याप्त जानकारी लिनुपर्छ । भदाै दाेस्राे हप्ता सुरू भएकाे छ । मनसुन विस्तारै निस्कृय हुने प्रकृया सुरू हुन्छ अव । तल पहाडकाे खाेंच, वेंशीका बाटाेमा भन्दा मनसुन ट्रेक माथिल्लाे हिमालमुनीका चरन क्षेत्रका बुक्यानहरूमा अझ रमाइलाे हुन्छ, पानी परेपनी बाढीपहिराकाे जाखिम कम हुन्छ ।

नेपाली समाजमा वसन्त पञ्चमी पछि वर्खा लागेकाे र नागपञ्चमी पछी हिउँद सुरू भएकाे मानिन्छ । नागपञ्चमी पछि जनै पूर्णीमा अाउँदैछ, हिमालमुनीका खयरवराह, नागी बराह, प्यारी वराह, रिहगाद, ढारेवराह समेत माथिल्ला लेकाली क्षेत्रका बराहपुजन क्षेत्रमा धार्मिक यात्रा गर्ने समय भएकाे छ । याे बेला मनसुन यात्राकालागी केही तयारी अावश्यक हुन्छ ।

त्यहाँको भौगोलिक बनावट, भिरपाखा, जंगललगायत विषयमा जानकारी हुनुपर्छ । विन्डप्रुफ तथा वाटरप्रुफ ज्याकेट, रेनकोटलगायत सामग्री झोलामा राख्न बिर्सनुहुन्न । लामो यात्रामा जाँदा झोलामा लाइट ज्याकेट बोक्नु राम्रो हुन्छ । बिहानको समयमा उच्च स्थानमा तापक्रम कम हुन्छ । यदि तपाईंको ब्यागमा पर्याप्त कपडा छैन भने तपाईंले चिसो सहनुपर्ने हुन सक्छ ।

घुमघाममा निस्कँदा पानीको बोतल, सिटामोललगायत आधारभूत स्वास्थ्य सामग्रीको बाकस, ग्लुकोज, चकलेट, नट्सजस्ता इनर्जी दिने खानेकुरा तपाईंले झोलामा बोक्नुपर्छ । यस मौसममा धेरै मानिस हाफ टिसर्ट लगाउन रुचाउँछन् । तर, लामो यात्रामा जाँदा तपाईंले पूरै बाहुला भएको टिसर्ट लगाउनुपर्ने हुन सक्छ । किनकि, ट्रेकिङका क्रममा तपाईंले घामको प्रत्यक्ष सम्पर्कबाट आफ्नो छालालाई जोगाउन जरुरी हुन्छ ।

टाउकोलाई घामको सीधा सम्पर्कबाट जोगाउन तपाईंले ह्याट लगाउनु राम्रो हुन्छ । टोपीले टाउको छोपिँदा घाम प्रत्यक्ष रूपमा टाउकोमा पर्न पाउँदैन, टाउको र घाँटी दुवै सुरक्षित रहन्छ ।

हिँड्दा छालामा विभिन्न एलर्जी पनि देखिन सक्छ । गर्मीमा हिँड्दा शरीरबाट अत्यधिक पसिना आउने गर्छ । ब्याक्टेरियाले संक्रमण गर्न सक्ने जोखिम रहन्छ । यसबाट बच्न एन्टिब्याक्टेरियल पाउडर झोलामा बोक्न नबिर्सनुस् ।

घामको विकिरणसँगको प्रत्यक्ष सम्पर्कबाट आँखालाई जोगाउन सनग्लास बोक्नु राम्रो हुन्छ ।