FLASH NEWS
  • Loading...

मुस्ताङको कागवेनीमा बाढीले १० घर/हाेटल, प्रहरीचौकी र माेटरपुल बगायाे

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • २२१ पटक पढिएको
मुस्ताङको कागवेनीमा बाढीले १० घर/हाेटल, प्रहरीचौकी र माेटरपुल बगायाे

हिमालपारीको जिल्ला मुस्ताङको कागवेनीमा बाढीले वितण्डा मच्चाएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले दिएको जानकारी अनुसार वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी तल कागवेनी बस्तीमा छिरेपछि १० वटा घर/होटल, प्रहरी चौकी, जोमसाोम–कोरोरा सडकको पक्कीपुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विधुत पोल बगाएको छ ।


त्यसैगरी बाढीले कागवेनी स्थित हिन्दुहरुको श्राद स्थल तथा धर्मशाला पुरेको छ । मनसुनमा पनि पानी नपर्ने छायाँवृष्टी भएको मुस्ताङमा दुई दिनदेखी लगातार झरी परेपछि मुक्तिनाथ देखी केही तल झोङमा पहिरोगै कागखोलामा मिसिएपछि बाढी आएको हो ।


‘आईतवार साँझदेखी स्थानीय ठाडो कागखोलामा आएको बाढीले कागवेनी वस्तीमा बाढीले वितण्डै मच्चाएको छ । बाढीपहिरोले सडकमार्ग धेरै स्थानमा विग्रेकोले हामी जोमसोमबाट कागवेनी तर्फ पैदल हिंडेका छौं । घट्नास्थल पुगेर थप विवरण संकलन हुन्छ’ जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रजिअ अनुप केसीले भने, ‘स्थानीय, प्रहरी र त्यहाँ पुगेका पर्यटकहरु रातभर सुरक्षित स्थलमा आकासमुनी रात विताएका छन ।’