FLASH NEWS
  • Loading...

मनसुनको न्यूनचापीय रेखा नेपालनजिक, यी क्षेत्रमा धेरै भारी वर्षा हुने

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • २२९ पटक पढिएको
मनसुनको न्यूनचापीय रेखा नेपालनजिक, यी क्षेत्रमा धेरै भारी वर्षा हुने

भारीवर्षापछि तहस नहस भएकाे रघुगंगा गापा, १ बेगखाेला र  बेनी-जाेमसाेम सडक अन्तर्गत बेगखाेलाकाे फाइल तस्वीर ।

मनसुनको न्यूनचापीय रेखा नेपालतिर रहेकाले आजदेखि तुलनतात्मक रूपमा बढी पानी पर्ने जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

भारतकाे विहार, गुजरात, जम्मुकस्मीर तथा पाकिस्तान क्षेत्रमा छुट्टाछुट्टै माैषमी चक्रवात विकसित भैरहेकाे र उत्तर तर्फ सरेकाेले हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद् शान्ती कँडेलका अनुसार न्यूनचापीय रेखा पूर्व र पश्चिम दुबै क्षेत्रमा नेपालनजिक रहेकाले आजदेखि बढी पानी पर्ने सम्भावना छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मधेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर सामान्य देखि पूर्ण बदली  रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।