FLASH NEWS
- Loading...
झापा कारागारमा झडप, प्रहरीद्वारा १० राउन्ड हवाई फायर
- पुनहिल डट कम
- १ साल अघि
- २४६ पटक पढिएको

झापा कारागार भद्रपुरमा शुक्रबार दिउँसो झडप भएको छ । कैदी सरूवाको विषयमा कारागारभित्र झडप भएको हो ।
कैदी मनोज लावतीलाई झुम्का कारागार सरूवा गर्ने तयारी गरेपछि कैदीबन्दीबीच विवाद भएको थियो । लावतीलाई सरूवा गर्न नहुने भन्दै कैदीबन्दीले कारागारभित्र दिउँसो २ बजेदेखि नाराबाजी गर्दै ढुंगामुढा र आगजनी गरेका थिए । त्यस क्रममा केही कैदीबन्दी पर्खाल नाघेर भाग्ने प्रयास गरेका थिए ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले १० राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।
अहिले स्थिति साम्य भएको छ । कर्तव्य ज्यान मुद्दामा ७ वर्षदेखि कैद भुक्तान गरिरहेका लावतीलाई तत्काललाई कारागार सरूवा नगर्ने सहमति भएको प्रजिअ पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
