FLASH NEWS
  • Loading...

१४ मेगावाटको घारखोला असार ५ देखी केन्द्रीय ग्रिडमा जोडिदै

  • पुनहिल डट कम
  • १० महिना अघि
  • १०५ पटक पढिएको
१४ मेगावाटको घारखोला असार ५ देखी केन्द्रीय ग्रिडमा जोडिदै

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ घारमा ०७४ चैतदेखी निर्माण थालेको १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाले असार ५ गतेबाट परिक्षण उत्पादन थाल्ने भएको छ ।
आयोजनाले हेडवक्स, टनेल, पेनस्टकमा पानी राखेर परिक्षण पुरा भएको छ । अहिले विधुतगृहका हवाईन घुमाएर मेकालिनकल उपकरण, प्रशासरण लाइन र सवस्टेसनका उपकरणहरु परिक्षण भैरहेको र असार ५ गतेबाट विधुत प्राधिकरणको प्रत्यक्ष निगरानीमा राष्ट्रिय ग्रीडमा जोडिन लागेको आयोजनाले जनाएको छ ।


‘एक हप्तादेखी आयोजनाले हाईड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल तर्फका सवै कम्पोमेन्टहरुको एक साथ परिक्षण गरिरहेका छन । हेडवक्स, टनेल र पेनस्टकपाईपमा पानी राखेर एक हप्ता अब्जर्भ गर्‍यौं । सवै इण्डिकेटरहरु न्युटल छन’ घारखोला जलविधुत आयोजना प्रमुख विनोद देवकोटाले भने, ‘अझै एक हप्ता टवाईन, सवस्टेसन र प्रशारण लाईतका इण्डिकेटरहरुको अब्जर्व गरी असार ५ गतेबाट विधुतको परिक्षण उत्पादन गर्ने सेडुलमा छौं ।’
अन्नपूर्ण गाउँपालिका, ५ कुरिलाखर्कमा बाँध बनाई घारखोलाको पानी ३ हजार ५ सय मिटर लामो सुरुङबाट सोही गापा, ६ अमिलाकाफल स्थित आउटलेटबाट १२ सय मिटर पेनस्टक पाईपमा ४ सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडकको पोखरेबगरमा रहने विधुत गृहमा जोडिएको छ ।
२ अर्व ४१ करोड लागत अनुमान गरिएको आयोजनाको अन्तिम लागत खर्च सार्वजनिक गरिएको छैन । ०७४ चैतबाट निर्माण सुरु भएको थियो । ०७८ मा सक्ने लक्ष्य रहेको भएपनि कोरोना समेतका कारणले निर्माण समय २ बर्ष लम्बिएको पनि आयोजनाले बताएको छ ।
‘कोरोना महामारी समेतका कारणले लक्ष्यभन्दा केही समय ढिला भएपनि सहज रुपमा आयोजना सम्पन्न भएको छ । परिक्षण चरणमा छौं । हामी विश्वास गर्छौ की कुनै डिफल्ट आउने छैन’ आयोजनाको परामर्शदाता हाईड्रो कन्सल्टका आवसिय इन्जिनियर उत्तम ढकालले बताए ।
त्यस्तै, पोखरेबगर स्थित विधुत गृहबाट उत्पादित विधुत ८ किमी माथी रहेको २२० केभीए दाना सव स्टेशनसम्म ३३ केभी डवल सर्किट प्रसारण लाईनले जोडिएको छ । ‘थ्रि सि’ मोडेलमा निर्माण भैरहेको घारखोला जलविधुत प्राधिकरणको सिभिल इन्जिनियर्स साउथ एशियन इन्फाइस्टक्चर प्रालि, इलेक्ट्रो मेकालिकलमा सिमर इनर्जी प्रालि भारत, हाइड्रो मेकालिकलमा सिई हाईड्रो मेकालिकल प्रालि, ट्रान्समिसनको काम रोयल कन्ट्रक्सन प्रालि र परामर्शदाताको रुपमा हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले आयोजना बनाएका हुन ।