FLASH NEWS
  • Loading...

८४ बर्षिय कार्लोसको धौलागिरी चढ्ने सपना अधुरो

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • २४० पटक पढिएको
८४ बर्षिय कार्लोसको धौलागिरी चढ्ने सपना अधुरो

धौलागिरी प्रथम (८१६७मी.) हिमालको चुचुरो चुम्ने स्पेनी ८४ वर्षिय जेष्ठ पर्वतारोही कार्लोस सोरिया फोन्टेनको सपना अधुरै रहने भएको छ ।
स्पेनबाट धवलागिरी आरोहणकालागी विदाई हुनु अघि कार्लोसले भनेका थिए, ‘उमेरको कीर्तिमान राख्न होईन की पर्वतारोहणको आनन्दको निरन्तरताकालागी धवलागिरी आरोहणमा जाँदैछु । मलाई ८१६७ मी, एक धेरै सुन्दर तस्वीर र धवलागिरीले मलाई धेरै पटक अस्वीकार गरेको मात्र थाहा छ । म चढ्न सक्छु, चढ्न चाहन्छु र फेरी प्रयास गर्दैछु । यो मेरो सायद अन्तिम मौका हो ।’
तर पनि कार्लोसको धौलागिरी प्रथमको चुचुरो चुम्ने धोको अधुरै रहेने भएको छ । बुधवार विहान धौलागिरी हिमालको तेस्रो शिविरबाट चुचुरोमा पुग्न उक्लनेक्रममा कार्लोस अचानक दुर्घटनामा परी घाईते भएपछि उनको धौलागिरीको चुचुरोमा पाईला राख्ने १४ औं प्रयास असफल बनेको हो ।
दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरुको सहयोगमा क्याम्प तीनमा झारिएको छ । कार्लोसको फेसवुक पेज (yo subo con carlos soria) मा जनाईए अनुसार आज राती धौलागिरी चुचुरोमा पुग्ने क्रममा दुर्घटनामा परी टिबियामा चोट लागेको र शेर्पाहरुले उद्धारगरी क्याम्प तीनमा झारेको तथा होलिकोप्टरबाट उद्धार प्रयास भैरहेको उल्लेख गरिएको छ ।
जेष्ठ पर्वतारोही कार्लोसलाई धौलागिरी आरोहण गराउन लिएर गएको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईले पनी दुर्घटनाको पुष्टी गरे । ‘कार्लोर तेस्रो क्याम्पबाट शिखर चढ्नेक्रममा लडेर उहाँको खुट्टा मर्कियो । उहाँलाई शेर्पाहरुले तत्काल उद्धारगरी तेस्रो क्याम्प झारेका छौं । हेलिकोप्टरबाट उद्धार प्रयासमा छौं’ सेभेन समिट ट्रेक्सका प्रवन्धक गुरागाईले भने, ‘सवै भन्दा जेष्ठ उमेरमा धौलागिरी चढ्ने धोको लिएर १३ औं प्रयासमा रहेका कार्लोसको सपना यस सिजनमा पनि अधुरो बनेको छ ।’
कार्लोस सहकर्मी कार्कोभिल्लाको साथमा धौलागिरी आरोहणकालागी मार्च २४ मा स्पेनबाट विदाई भएका थिए । सन् २०२१ सेप्टेम्बर १४ तारेखमा पनि १३ औं प्रयासमा कार्लोस धौलागिरीको ७ हजार १ सय मिटर उचाईको तेस्रो क्याम्प फिक्स गरेपछि धवलागिरीको मौषम अचानक विग्रेपछि आरोहण त्यागेर फर्केका थिए ।
कार्लोसले यस अघि आफ्नो ६०–८२ बर्ष उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कन्चनजंगा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरी विश्व रेर्कड राखेका छन ।