FLASH NEWS
  • Loading...

गरिमाको भुरुङ–तातोपानीमा एटिएम सेवा सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६५ पटक पढिएको
गरिमाको भुरुङ–तातोपानीमा एटिएम सेवा सुरु

गरिमा विकास बैंकले अन्नपूर्ण गाउापालिका, २ स्थित पर्यटकीय वस्ती भुरुङ्ग तातोपानीबाट एटिएम सेवा शुरु गरेको छ ।
तातोपानीमा आउने र मुस्ताङ्ग–जाने आउने पर्यटकलाई लक्षित गरेर शुरु गरिएको एटिएम सेवाको बुधबार गाउापालिकाका अध्यक्ष भारतकुमार पुन र बैंकका बोर्ड अफ डाइरेक्टर दिपेन्द्र श्रेष्ठले सुभारम्भ गरे ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको अध्यक्षता, लजिस्टिक एण्ड जनरल सर्भिस विभागका प्रमुख अनुमान श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रमको समापन बोर्ड अफ डाइरेक्टर दिपेन्द्र श्रेष्ठले गरेको गरिमा विकास वैंक पोखरेबगर शाखाले जनाएको छ ।