FLASH NEWS
  • Loading...

मौसम सुधार हुन केही दिन लाग्ने, ठाउँठाउँमा हल्का बर्षा जारी

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८७ पटक पढिएको
मौसम सुधार हुन केही दिन लाग्ने, ठाउँठाउँमा हल्का बर्षा जारी

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम सुधार हुन अझै केही दिन लाग्ने जनाएको छ ।

महाशाखाका अनुसार, आज पनि देशभर आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको/जारी  छ ।

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराईका एक दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ ।

माैषमविदहरूका अनुसार याे साताभर नै माैषममा सुधार नहुन सक्छ ।