FLASH NEWS
  • Loading...

हिमालमा पर्यटकको भीड, पदमार्ग भने सुनसान

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४७ पटक पढिएको
हिमालमा पर्यटकको भीड, पदमार्ग भने सुनसान

आठ हजार एक सय ४७ मिटर अग्लो धौलागिरी हिमाल आरोहण तथा फन्को मार्न आएका पर्यटकले धवलागिरी वेस क्याम्प भरिभराउ भएपनि हिमाल जाने पदमार्गका होटल, रेष्टुरेन्ट तथा होमस्टेहरु भने सुनसान छन ।
धवलागिरी पदमार्गमा मात्र होईन अन्नपूर्ण हिमाल पदमार्गको समस्या पनि उस्तै छ । अहिले सयौं पर्यटक पुगेका छन । कतारी राजकुमारी समेत दर्जनौं पर्वतारोहीहरु अन्नपूर्ण आरोहणगरी फर्के । तर कुनै पनि अन्नपूर्ण आरोहणमा गएका पर्यटक स्थानीय अन्नपूर्ण गाउँपालिकाले प्रर्वद्धन गरेको मौरिस हर्जोग पदमार्ग पैदल हिंडेनन । ट्रेकिङ कम्पनीहरुले पर्वतारोहीलाई पोखराबाट र उनीहरुका सामाग्रीलाइ नजिकको नारच्याङबाट हेलिकोप्टरमा बोकेर सोझै वेस क्याम्प ओरालेका हुन ।
ट्रेकिङ कम्पनीहरुले पर्यटकलाई पदयात्रा गराउनुको सट्टा हेलिकोप्टरबाट सोझै वेस क्याम्पमा ओराल्न थालेपछि पदमार्गका वस्तीमा होटल, होमस्टे र टि–हाउस ब्यवसाय सुनसान छन ।


धवलागिरी पदमार्गमा स्थानीयले डोरीमा झुण्डिएर यात्रा गर्नु पर्ने नाउराको भीरसमेत अप्ठ्यारा भीरपहरा फोड्ने, झाडी फाँड्ने, सिंढी बनाउने, झोलुङ्गे पुल हालेपछि सहज बनेको पदमार्गमा पर्यटकको ओईरो लाग्ने विश्वास गरेका ब्यवसायी ट्रेकिङ्ग एजेन्सीले वलपूर्वक सोझै क्याम्पमा ओराल्न थालेपछि निराश भएका हुन । हेलिकोप्टरले पर्यटक र सामाग्री समेत नजिकको वस्ती ताकमबाट इटली क्याम्पसम्म बोक्ने गरेको स्थानियले बताए ।
‘सगरमाथा, अन्नपूर्ण आदी हिमालमुनीका बस्तीमा धेरै अगाडी देखी नै पर्यटन जागरण आएको र प्रसस्त लाभ लिन सकेपनि धौलागिरी पदमार्ग ओझेलमा पर्‍यो । बल्न हामीमा पर्यटन चेत पस्न थालेको छ’ मुदी सामाजिक अगुवा लोकबहादुर पुनले भने, ‘राजनैतिक तथा सामाजिक चेतनाको अभावले हाम्रा वस्ती पछौटेपनाबाट ग्रस्त भए । पर्यटन क्षेक्रमा बल्न बामे सर्ने त्रममै ट्रेकिङ कम्पनीहरुबाट धोका हुन थालेको छ ।’
क्याम्पीङ्ग ट्रेककालागी प्रचलित धौलागिरी पदमार्गमा पछिल्ला केही बर्षदेखी स्थानियले पर्यटकको सुविधालाई लक्षितगरी मुदी, खाम्ला, नाउरा, बगरा तथा दोभानबासीले आधारभूत पूर्वाधारसहित होमस्टे, टि हाउस र रेष्टुरेन्ट सुरु गरेका थिए ।
आफ्नै छुट्टै खाना पकाउने, बस्ने र सुत्नेसमेतका ब्यवस्थासहित (क्याम्प ट्रेक) मात्र पर्यटक आउने सक्ने धौलागिरी पदमार्ग सुधार भै सहज भएप्छि बस्तीका परम्परागत घरलाई सुधार गर्दै स–साना पाहुना कोठा थपेर ‘होमस्टे’ का बोर्ड झुण्डाउन थालेका स्थानियलाई ट्रेकिङ्ग कम्पनीहरुको बदमासीले निरास बनाएको छ ।
‘पर्यटक आउन थालेपछि उत्साही थियौं । तर ट्रेकिङ्ग कम्पनीहरुले सोझै पर्यटक धौलागिरी क्याम्पमा पुर्‍याउन थालेपछि हाम्रो ब्यवसाय चौपट हुन थालेको छ’ धवलागिरी गाउँपालिका, ४ नाउराकी हरीमायाँ रोकाले भनिन, ‘ट्रेकिङ्ग कम्पनीहरुले हामी गाउँलेलाई चोर, डाँका रहेको भन्दै पर्यटक भड्काएर होलिकोप्टरमा चढ्न बाध्य पारेका हुन । कुनै पर्यटक लुटिएका छैनन बरु अप्ठ्यारो बेला सहयोग गरेका छौं । हामी उनीहरुको पूर्ण सुरक्षा गर्न तत्पर छौं ।’


पर्यटकिय सुविधाका होटल, रेष्टुरेन्ट, गेष्टहाउस समेतका पूर्वाधार नहुँदा ओझलमा परेको धौलागिरी पदमार्गमा स्थानियबासीले आफ्नै पहलमा होमस्टे संञ्चालन गरेका हुन । स्थानियवासीले पर्यटककालागी आधारभूत खानाका परिकारसहित रैथाने अर्गानिक खाद्यान्नको परिकारले स्वागत गर्ने गरेका छन । परम्परागत घरमा छुट्टै कोठा, बेड थप गरी पर्यटककालागी सुविधा थपेका छन ।
आगनमा टेवुल र कुर्चि थपिएको छ । हिमालसम्मै कोक र वियर उक्लेको छ । पर्यटकिय चेतना अति न्यून रहेको धौलागिरी पदमार्गबासीले पछिल्ला बर्ष पर्यटकको संख्या बढाउन गाउँ–गाउँमा बाटो बनाउने र होटल निर्माण गरेका छन । होमस्टे संञ्चालन भएका र नभएका छुट्टाउन छुट्टै घर चिहृ भएको झण्डा राखेका छन ।
‘धौलागिरी पदमार्गमा खाने बस्ने ठाउँ पाईन्न त्यसैले पर्यटक नआएका हुन भन्ने सुनेपछि हाम्रा घरमा छुट्टै कोठा, ओढ्नेओछ्याउने, खानेकुरा र पकाउने विधी समेत थोरै सुधार गरी होमस्टे थालेका हौं’ मुदी बगराकी संगिता पुनले भनिन्, ‘फाट्टफुट्ट पर्यटक रसहयोगीहरु बास बस्न थालेका छन । धेरैलाई हेलिकोप्टरले नै बोक्छ, हाम्रो लगानी खेर जाला भन्ने लाग्छ ।’
‘धौलागिरी पदमार्ग अझै विकसित भएको छैन तर धेरै सुधारउन्मुख छ । पर्यटन जागरण आएको छ । पर्यटकको सुरक्षा र सुविधामा चुक्ने छैनौं । चुकेका पनि छैनौं । अप्ठ्यारोमा पहिला सहयोग गरेका छौं’ धौलागिरीको पहिलो आधार शिविर इटाली वेसक्याम्पका होटल ब्यवसायी हरी बहादुर तिलिजाले भने, ‘पदमार्गको समस्या ठूलो हैन । इटाली क्याम्पसम्म खच्चडबाट सामान ढुवानी संभव छ ।’
धौलागिरि हिमालय रेञ्जमा धौलागिरि प्रथम., दोस्रो, तेस्रो, चौथो, पाचौं, छैठौं, सिता चुचुरो, मानापाथी, मुकुट, टुक्चेपीक, छन । धौलागिरि प्रथम संसारको सातौ र नेपालको छैठौं अग्लो हिमाल हो । धौलागिरी आरोहण तथा फन्को लगाएर मुस्ताङ्गको मार्फा निक्लने साहसिक पर्यटकालागी धौलागिरी पदमार्ग प्रख्यात छ । धौलागिरी हिमश्रृखला हिममानव (यती) पाईने क्षेत्रको रुपमा पनि परिचित छ ।
धौलागिरी हिमश्रृखला पुग्न बेनीबाट गाडीमा दरवाङ्गबाट पैदलयात्रा गरी मुदीको नाउरा–बगरा–दोभान–इटालियन वेस क्याम्प पुग्नु पर्छ । त्यसपछि स्वीस क्याम्पहुँदै झण्डै ६ किलोमिटर लामो धौलागिरी ग्लेसियर पुगेपछि शुरु हुन्छ, जापानिज क्याम्प, ग्लेसियर क्याम्पबाट ४ हजार ७ सय ४० मिटर अग्लो धौलागिरी पहिलो आधार शिविर पुग्न सकिन्छ ।
पदमार्गको सवैभन्दा जटिल भाग मानिएको नाउराको भीरमा अव झुण्डीएर यात्रा गर्नु पर्दैन । बगरादेखी इटालिक्याम्पसम्मको निगाला झाडीमा पनि यात्रु हराउने समस्या छैन । नाउराको भीरपहरा फोडिएको र माथिल्लो क्षेत्रका निगालाको झाडी फाँडेर बाटो खनिएकोले यात्रा धेरै सहज छ ।