FLASH NEWS
  • Loading...

अन्नपूर्ण गाउँपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिलाइ सहायता सामाग्री सहयाेग

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३४६ पटक पढिएको
अन्नपूर्ण गाउँपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिलाइ सहायता सामाग्री सहयाेग

अन्नपुर्ण गाउँपालिकाले विभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्तिलाइ अपाङ्गता सहयायता सामाग्री सहयाेग गरेकाे छ ।

अन्नपुर्ण अपाङ्गता संञ्जालकाे समन्वयमा गाउँपालिकाले दृृष्टीविहीनकालागी सेताे छडी, अल्मुनियम चियर, लेम्बाेट चियर, बेल्ट, एल्वाे चियर, म्याट्रिस,ह्वील चियर, हेरिङ एड, नि एमाेलाइजर, वाकर समेत  २ लाख २२ हजार मुल्य बरावरका अपाङ्गता सहयायता सामाग्री सहयाेग सामाग्री शुक्रवार पाेखरे बगरमा अायाेजित एक कार्यक्रममा पालिका उपाध्यक्ष दीवा तिलिजा र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले वितरण गरे । त्यसैविच सामाजिक विकास कार्यालय म्याग्दीले पनी म्याट्रिक सहयाेग गरेकाे संञ्जालले जनाएकाे छ ।

पालिका उपाध्यक्ष दीवा तिलिजाकाे प्रमुख अातिथ्यतामा र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीकाे विशिष्ठ अतिथी रहेकाे सामाग्री हस्तान्त्रण कार्यक्रमकाे अध्यक्षता संञ्जालकी गाउँ अध्यक्ष जीना पाइजा र संचालन विशाल विकले गरेका थिए ।

त्यसैविच अन्नपुर्ण अपाङ्गता संञ्जालकाे अायाेजनामा अन्नपुर्ण गाउँपालिका भित्रका अपाङ्गता भएका ब्यक्ती, जनप्रतिनिधीहरू, स्थानीय तहका कर्मचारीहरू, अभिभावकहरू समेतकाे सहभागितामा  ‘ स्थानीय तहमा अपाङ्गता अधिकार र समावेशी विकासकाे अवधारणा सम्बन्धी ’ प्रशिक्षण कार्यक्रम पनि अायाेजना गरिएकाे संञ्जालका अन्नपुर्ण सचिव विशाल विकले बताए ।

तालिमलाइ राष्ट्रिय अपाङ्ग महासंङका सचिवालय सदस्य सुरेन्द्र खत्री,  शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीकी लेखाजाेखा केन्द्र संयाेजक कल्पना केसीले प्रशिक्षण गरेका थिए ।