FLASH NEWS
  • Loading...

अन्नपूणको खोंचमा खसेका भारतीय पर्यटको तीन दिनपछि उद्धार

  • पुनहिल डट कम
  • १ साल अघि
  • २११ पटक पढिएको
अन्नपूणको खोंचमा खसेका भारतीय पर्यटको तीन दिनपछि उद्धार

|t:jL/ SofDk; M cGgk"0f{ k|yd lxdfn cf/f]x0fqmddf ^ xhf/ ld6/ prfO{df ut ;f]daf/ lrlKnP/ j]kQf ePsf ef/tLo kj{tf/f]xLsf] rf/ lbgkl5 p4f/u/L cfwf/ lzlj/df k|fylds pkrf/ ul/“b} . t:jL/ ;f}hGo M OGb|l;+ z]/rg

८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण क्रममा गत सोमबार तेस्रो क्याम्प नजिक चिप्लिएर ६ हजार मिटर उचाईको खोंचमा खसेका भारतीय पर्यटक अनुराग मालु (३४)को तीन दिनपछि विहिवार विहान जीवित उद्धार भएको सेभेन समिटबाट खोज तथा उद्धारकालागी अन्नपूर्ण आधार शिविरमा
रहेका इन्द्रसिं शेरचनले बताए ।
भारतको राजस्थान किसनगढका मालु पर्वतारोहण क्रममा गत सोमबार खिंचमा खसेर वेपत्ता थिए । खोज तथा उद्धारकर्ताहरुले मालुलाई जीवित उद्धारगरी प्रभु एयरलाईन्सको हेलिकोप्टरबाट थप उपचारकालागी काठमाण्डौ पुर्‍याएको उनलाई अन्नपूर्ण आरोहणमा लगेको सेभेन समिटले जनाएको छ ।
शेरचनका अनुसार यस अघि मंगलवार पायोनियर एडभेन्चरबाट अन्नपूर्ण आरोहणगरी फर्कने क्रममा ७ हजार ६ सय मिटर उचाईमा अर्की भारतीय पर्वतारोही वलजीत कौरको पनि जीवित उद्धार गरिएको थियो । कौर अन्नपूर्ण आरोहण गरी फर्कने क्रममा चिप्लिएर खोंचमा खसेकी थिईन ।
त्यसैगरी कौरसंगै अन्नपूर्ण आरोहण गरी फर्कने क्रममा अर्का स्कटल्याण्डका पर्वतारोही सोमबार नै नोयल हान्नाको भने मृत्यु भएको थियो । हान्ना सेभेन समिटबाट अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी फर्कने क्रममा ६ हजार मिटर उचाई बाट खसेका थिए ।
फान्सेली पर्वतारोही मौरिस हार्गोजको टोलीले नर्थ वेस क्याम्पहुँदै ७० बर्ष ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ र बराह शिखर हिमाल अवस्थित छन ।
कच्ची सडकमा निलगिरीखोला जलविधुत आायोजनाको मुहान रहेको छोटेपासम्म गाडीमा गै त्यहाँबाट निलगिरी र अन्नपूर्ण हिमालबाट झर्ने हुमखोला दोभान (२८८३ मी) मा बास बस्न पुगिन्छ । हुमखोलाबाट दोस्रो दिन भुस्केटमेला (३६५९मी) तेस्रो दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प पुग्न सकिन्छ । चौंथा दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।*तस्वीर ः इन्द्रसिं शेरचनकाे फेसवुकवालबाट