FLASH NEWS
  • Loading...

एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार

  • पुनहिल डट कम
  • १ साल अघि
  • ५२ पटक पढिएको
एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एक जना बेपत्ता छन् । अर्का एक जनाको जीवितै उद्धार गरिएको छ ।

काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज उद्धार गरिएकाे पायाेनियरले जनाएकाे छ।

सेभेन समिट ट्रेक्स ’बाट आरोहणमा गएका आरोही नोयल हन्नाको भने मृत्यु भएको छ । शव छ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ ।

उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौँ लैजाने तयारी गरिएको छ । बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ ।