FLASH NEWS
  • Loading...

६६ औँ राष्ट्रिय सहकारी दिवस मनाइयाे

  • पुनहिल डट कम
  • १ साल अघि
  • ५७ पटक पढिएको
६६ औँ राष्ट्रिय सहकारी दिवस मनाइयाे

६६ औँ राष्ट्रिय सहकारी दिवस–२०७९ म्याग्दीमा विविध कार्यक्रम गरि मनाईएको छ ।

जिल्ला सहकारी संघ म्याग्दीले बेनीमा प्रभातफेरी सहित दिवस मनाएको हो । दिवसको अवसरमा बेनीमा प्रभातफेरी पश्चात आयोजित मुल समारोहमा बोल्ने बक्ताहरुले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारीकर्मी, सरोकारवाला र राज्य गम्भिर बन्नुपर्नेमा जोड दिएका थिए ।
सहकारीले बचत संकलन र ऋण लगानीको कारोवारलाई मात्रै प्राथमिकता दिँदा सहकारीमा आबद्ध सदस्यहरुको सामुहिक आर्थिक उपार्जन सम्भव नभएको वक्ताहरूले जाेड दिए ।
सहकारीका सञ्चालक मालिक र सदस्यहरु ग्राहकको भूमिका रहेर सहकारी चलाउने परिपाटीले सहकारीहरु संकटमा परेको भन्दै सहकारीका सञ्चालक र सदस्यहरुको समान भूमिका र जिम्मेवारी बहन गरेर सहकार्यको मर्मलाई अंगाल्न सकेमा मात्रै सहकारीहरु बलियो बन्नु पर्ने कुरामा वक्ताहरूले जाेड दिए ।