FLASH NEWS
  • Loading...

सूर्यास्तसँगै पश्चिम आकाशमा मंगलबार एकसाथ देखिनेछन् चन्द्रमासहित ५ ग्रह

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२७ पटक पढिएको
सूर्यास्तसँगै पश्चिम आकाशमा मंगलबार एकसाथ देखिनेछन् चन्द्रमासहित ५ ग्रह

मौसमले साथ दिए  अहिले मंगलवार केहीवेरमा आकाशको पश्चिम दिशामा चन्द्रमा र पाँच वटा ग्रह एकसाथ देखिनेछन् । सूर्यास्तसँगै मंगलबार आकाशमा चन्द्र मात्रै नभएर बुध, वृहस्पति, शुक्र, मंगल र अरुण ग्रह पनि देखिनेछन् ।

पश्चिमतर्फ क्षितिजको नजिकै बुध र वृहस्पति एक ठाउँमा, त्यसको केही माथि आकाशमा शुक्र र अरुण र चन्द्रभन्दा पनि माथि मंगल ग्रह देखिने छ । चाँडै अस्ताउने भएकाले बुध र वृहस्पति हेर्न सूर्यास्तपछि आँध्यारो सुरु हुने बित्तिकै हेर्न सुरु गर्नुपर्छ । बुधभन्दा वृहस्पति दोब्बरले चक्किलो देखिन्छ ।

बुध साँझ सात बजेर ३ मिनेटसम्म आकाशमा देखिनेछ । बुध अस्ताएको ५ मिनेटपछि अर्थात ७ बजेर ८ मिनेटमा वृहस्पति अस्ताउने छ । त्यसैगरी शुक्र राति ९ बजेर ३ मिनेटमा अस्ताउने छ । शुक्रलगत्तै अरुण ९ बजेर १९ मिनेटमा अस्ताउने छ । मंगल भने मध्यरातसम्म आकाशमा देखिनेछ । मंगल राति पौने एक बजे मात्रै अस्ताउने छ ।

पाँच वटा ग्रहमध्ये अरुणको पृथ्वीबाट देखिने चम्किलोपन सबैभन्दा कम छ । कृत्रिम प्रकाशको प्रदूषण कम भएको ठाउँमा जाने हो भने अरुणबाहेक अन्य ग्रह नांगो आँखाले राम्रोसँग देख्न सकिन्छ । बुध सूर्य नजिकै हुन्छ । डाँडाहरुले नछेल्ने ठाउँमा नजाने हो भनेर यसलाई हेर्न अलि कठिन छ ।