FLASH NEWS
  • Loading...

‘८० प्रतिशतभन्दा धेरै क्षयरोगीमा फोक्सोकाे संक्रमण’

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०६ पटक पढिएको
‘८० प्रतिशतभन्दा धेरै क्षयरोगीमा फोक्सोकाे संक्रमण’
आज विश्व क्षयरोग दिवस । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्न सक्ने क्षयरोग सर्ने राेगमध्य उच्च संक्रामक देखिएकाे छ ।  शरिरकाे बाहिरी क्षयराेगकाे तुलनामा फाेक्साेकाे क्षयराेग संक्रमण बढी छ । र खाेक्दा र हाछ्युँ गर्दा अर्काे ब्यक्तिलाइ यही फाेक्साेकाे क्षयराेगबढी संक्रामक छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा ३७ हजार भन्दा बढी क्षयरोगका बिरामी थपिएका छन् । नेपालमा कुल जनसंख्याकाे ५० प्रतिशतमा क्षयराेगका ब्याक्टेरिया रहेकाे र ति मध्य ६० प्रतितशतमा क्षयराेर रहेकाे अनुमान छ । तर तथ्याङकमा नेपालमा बार्षिक ६९ हजार नया क्षयराेगी पत्ता लाग्ने गरेका छन ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुमान अनुसार म्याग्दीमा बढीमा बार्षिक ४ सय ८ जना र घटीमा १ सय ६३ जनामा क्षयराेग संक्रमण हुन सक्छ । तर श्वास्थ्य कार्यालय म्याग्दीका अभिलेख अनुसार गत साउनदेखी फागुन मसान्तसम्म जम्मा ३४ जना नयाँ क्षयराेगी पत्ता लागेकाे छ । अन्य संक्रमित समाजमा खुल्लमखुल्ला तर छिमेकाे अवस्थामा छन ।

कार्यालयका अनुसार हाल म्याग्दीमा पत्ता लागेका सवै ३४ जनामध्य पालिका अनुसार सवैभन्दाबढी बेनी नगरपालिकामा १३ जना, अन्नपुर्ण गापामा ६ जना, मालिका गापामा ५ जना, रघुगंगा गापामा ४ र मंगला गापामा २ जनाले क्षयराेगकाे अाैषधी प्रयाेग गरिरहेका छन ।

लगातार खाेकी लाग्नु, साँझपख ज्वराे अाउनु, निरन्तर ताैल घट्नु, खाना खान मन नलाग्नु क्षयराेगका मुख्य लक्षण हुन ।

श्वास्थ्य कार्यालयका अनुसार क्षयराेग संक्रमित पशु (गाइभैसी अादी)बाट मानिसमा र मानिसबाट पशुमा पनि सर्न सक्छ । त्यसैले दुध, अण्डा र मासु राम्ररी पकाएर खानु अावश्यक भएकाे श्वास्थय कार्यालय प्रमुख एकनारायण लम्सालले बताए ।