FLASH NEWS
  • Loading...

पहाडी भू-भागमा मेघ गर्जनसहित हल्का बर्षाकाे संभावना

  • पुनहिल डट कम
  • १ साल अघि
  • ७७ पटक पढिएको
पहाडी भू-भागमा मेघ गर्जनसहित हल्का बर्षाकाे संभावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

उता राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

त्यसैविच भारतीय माैषम विभागले जनाए अनुसार बर्षा गराउने वायु प्रणाली उत्तरपुर्वी भारतभर फैलिँदै पश्चिम तर्फ फैलिने क्रममा रहेकाेले वुधवार–विहिवार  झरी सहित वर्षा हुन सक्ने संभावना पनि छ ।