FLASH NEWS
  • Loading...

अफ्रिकन स्वाइन फिभरबाट म्याग्दीमा ५ सयबढी बंगुर मरे

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११४ पटक पढिएको
अफ्रिकन स्वाइन फिभरबाट म्याग्दीमा ५ सयबढी बंगुर मरे

जिल्लाको विभिन्न बंगर फार्ममा फैलिएको अफ्रिकन स्वाइन फिभर संक्रमणबाट ५ सयबढी बंगुर मरेका छन ।
अन्नपूर्ण गापा, ६ पोखरे, बेनी नगरपालिका, ७ मंगलाघाट र मंगला गापा, ४ स्वतामा रहेका फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट बंगुर मरेपछि ७ जना कृषकले २५ लाखबढी आर्थिक घाटा ब्यहोर्नु परेको छ ।
अफ्रिकन स्वाइन फिभर संक्रमण नियन्त्रण गर्न बाहिरबाट ल्याउन/लैजान र जिल्ला भित्र समेत बंगुर ओसार–पसारमा अस्थाई रोक लगाईएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका अनुसार पुस पहिलो सातादेखी फैलिएको अति संक्रामक अफ्रिकन स्वाइन फिभर फागुन लागेपछि नियन्त्रणमा आएको छ ।
‘अफ्रिकन स्वाइन फिभर संक्रमण फैलिदा ५ सयबढी बंगुर मर्दा कृषकलाई २५ लाखबढी आर्थिक क्षति भएको छ’ भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र प्रमुख जीवनप्रसाद आचार्यले भने, ‘संक्रमण फैलिएपछि अन्य फार्ममा खोप लगायौं र बंगुर ओसार–पसारमा रोक लगाएपछि संक्रमण नियन्त्रणमा आएको छ । फागुनलागेपछि कतैबाट संक्रमणको रिपोर्ट भएको छैन ।’
केन्द्रका अनुसार अफ्रिकन स्वाइन फिभर संक्रमण अघि नै ६–६ महिनामा बंगुरलाई लगाउने खोप नै संक्रमण न्यूनिकरणको उपाय हो ।