FLASH NEWS
  • Loading...

फाेहाेरजन्य प्लास्टिक बुटुलेर यसरी बनाउन सकिन्छ सुन्दर घरायसी सामाग्री

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९६ पटक पढिएको
फाेहाेरजन्य प्लास्टिक बुटुलेर यसरी बनाउन सकिन्छ सुन्दर घरायसी सामाग्री

जथाभावी फालिएका वातावरणमा प्रदुषण बढाउने पलास्टिकजन्य फोहोरलाई उपयोग गर्नजाने घरायसी प्रयोजनका सामाग्री बनाउन सकिन्छ ।
अन्नपूर्ण गाउँपालिका, ६ खिवाङकी दुर्गा पुन, फुर्सद भयोकी गाउँका बाटो, पसल वा विद्यालयका छेउछाउमा फाँकिएका विस्कुट, चकलेट र चाउचाउका बोक्रा बुटुल्नु थाल्छिन । दिनभरी जम्मा पारेको पलास्टिकजन्य फोहोर घरमा ल्याई धोईपखाली सफा गर्छिन ।
रंगिविरङ्गी पलास्टिकलाई च्यातेर धुजाधुजा पार्छिन । खेतवारी, मेलापातबाट उव्रेको समयमा शुरु गर्छिन, तिनै प्लास्टिकका टुक्रा जोडेर टोपी, डाली, चकटी, चप्पल, सुकुल, गुन्द्री बुन्न । अघिल्लो दिनसम्म गन्याउने फोहोरको डुँगुरमा मिल्काईएका पलास्टिकजन्य फोहोर, सुन्दर र आकर्षक घरायसी सामाग्री बन्छन । अनी, आहा ∕ कति राम्रा घर सजाउने सौन्दर्य सामाग्री ।


‘सानो छंदा घरमा बज्यैले मकैको भुत्लाबाट गुन्द्री, चकटी बुन्ने गरेको देखेकी थिएँ । त्यही शिपको सिको गर्दै फालिएका फोहोर बुटुलेर यस्ता सामाग्री बनाउन शुरु गरें’ दुर्गा पुनले भनिन, ‘हिलोमा सुन्दर कोमलको फुल फुल्छ । फोहोरबाटै घर सजाउने सामाग्री बन्दो रहेछ ।’
दुर्गा पुन जथाभावी फालिएका वातावरणका प्रदुषणजन्य फोहोरलाई घरायसी प्रयोजनका तथा सजावटका सामाग्री बनाउन सकिन्छ भन्ने उदाहरण हुन । पछिल्लो सयम देखासिकी गर्दै अन्य गाउँका गृहणीहरुले पनि फाहोरलाई उपयोग गर्ने काईदा सिको गर्न थालेका छन ।
फोहोरबाट दैनिक प्रयोजनका सामान बन्न थालेपछी गाउँघर प्रदुषणमुक्त मात्र भएको छैन् वातावरण संरक्षणमा समेत उल्लेख्य योगदान पुगेको छ । उनीहरुले यस्ता वस्तुबाट घरायसी सामाग्री बनाउन रैथाने शिप र अक्कललाई प्रयोग गरेका छन । एउटा टोपी बनाउन स्थानिय तिन दर्जन चाउचाउका खोल र ५० ओटा चकलेटका खोल भए पुग्छ ।
पलास्टिकजन्य दैनिक उपयोगका सामाग्राी बन्न थालेपछि छिमेकीले समेत चाउचाउ पकाएपछी खोल जतनगरी राख्ने गरेका छन् । पलास्टिक यत्रतत्र नफालेपछि गाउँघर निक्कै सफासुघर बनेका छन् । सामानले घरमा सानातिना सामाग्री राख्न र बस्न सजिलो भएको छ ।
‘गाउँमा आएका पाहुनाले हातले बुनेका सुन्दर ‘चिनो’ स्वरुप किन्ने गरेका छन’ मालिका गाउँपालिका, ६ दिच्यामकी हेमकुमारी रोकाले थपिन, ‘गाउँ आउने गैहृसरकारी संस्थाका केही दिदीबैनीले शिप सिक्ने प्रयास पनि गर्छन ।’
घुम्न आएका आन्तरिक वा बाहृ पर्यटककालागी गाउँको चिनो ‘कोसेली’ भएका छन, यस्ता सामाग्री । रुपैयाँ/पैसा कमाउने लक्ष्य सवैको हुन्छ तर यसलाई प्राप्त गर्न फरक–फरक सोंच र शैली चाहिन्छ ।
शहरबाट घर फर्केका आफन्तले यीनै पलास्टिकजन्य फोहोरबाट निर्मित सामाग्रीलाई किन्ने गरेका छन । पलास्टिकको फोहोरको उपयोग गर्ने रैथाने ग्रामिण शिपलाई शहरमा फैलाउनु आवश्यक छ । यस्ले बजारको प्रदुषण नियन्त्रणमा महत्वपूर्ण योगदान दिन सक्छ ।
फोटो छ ।