FLASH NEWS
  • Loading...

पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८९ पटक पढिएको
पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै

मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ ।

सोही प्रणालीका कारण राति सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मंगलबार र बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने रातिसामान्य वर्षा र हिमपातको हुने सम्भावना छ ।

यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ। विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो।

सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो। तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ।