FLASH NEWS
  • Loading...

पुर्ख्याैली नृत्य प्रतियोगितामा काफलडाँडाको बिजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०३ पटक पढिएको
पुर्ख्याैली नृत्य प्रतियोगितामा काफलडाँडाको बिजयी

म्याग्दी सदरमुकाम बेनीमा जारी सातौँ म्याग्दी महोत्सवको अवसरमा आयोजित पुख्र्यौली नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पुख्यौली समूह बिजयी भएका छन् ।

सोमबार सम्पन्न प्रतियोगितामा विभिनन चार समूहले सहभागीता जनाएकोमा कालफडाँडाको पूख्र्यौली समूह प्रथम हुन सफल भएका हुन् ।

प्रतियोगितामा नेपाल मगर संघको बेनी नगरपालिकाको टिम दोस्रो भएका छन् । प्रतियोगितामा प्रथम र दृतीय हुनेले क्रमश नगद रु. २५ हजार र १५ हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा रघुगंगाबाट पुख्र्यौली नृत्य र क्षेत्री समाज म्याग्दीले समेत आफ्नो पुरानो नृत्य देखाएका थिए ।