FLASH NEWS
  • Loading...

भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

  • पुनहिल डट कम
  • १ साल अघि
  • ५४ पटक पढिएको
भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी जारी गरेको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भएको भन्दै प्रयोग नगर्न आग्रह गरेको हो ।

उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युको घटना यस कफ सिरपसँग जोडिएको भन्दै कफ सिरप प्रयोग नगर्न भनिएको हो । उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयको गुणस्तर नियन्त्रण प्रयोगशालाले यी दुई कफ सिरपमा अस्वीकार्य मात्रामा ‘डाइथिलिन ग्लाइकोल र ‘इथिलीन ग्लाइकोल’ फेला पारेको बताएको छ । यी पदार्थ मानिसका लागि विषाक्त हुन्छन् र यदि सेवन गरेमा घातक हुन सक्छ ।

उज्वेकिस्तानमा सिरपको कारण मृत्यु भएपछि उक्त कम्पनीलाई खाद्य सुरक्षा विभागले उत्पादन लाइसेन्स खारेज गरिसकेको छ । यी सिरपहरू बालबालिकाहरूलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना र फर्मासिस्टको सल्लाहमा चाहिनेभन्दा बढी डोज दिइएको बताइएको छ । यसअघि भारतमै निर्मित ४ कफ सिरपका कारण गाम्बियामा ७० बालबालिकाको मृत्यु भइसकेको छ ।