FLASH NEWS
  • Loading...

गलेश्वर–बेनीसम्म कालीगण्डकीमा र्‍याफ्टिङ्ग सुरू

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४० पटक पढिएको
गलेश्वर–बेनीसम्म कालीगण्डकीमा र्‍याफ्टिङ्ग सुरू

जिल्लामा पहिलो पटक जलयात्रा ब्यवसाय सुरु भएको छ ।
सदरमुकाम बेनीको कालीपुल स्थित होटल गण्डकीका संञ्चालक गमबहादुर पुनले बेनी नगरपालिका, ९ गलेश्वरदेखी बेनीको दोविल्लासम्मको कालीगण्डकी नदीमा ३ किलोमिटर खण्डमा जलयात्रा ब्यवसाय र्‍याफ्टीङ सुरु गरेका हुन ।
र्‍याफ्टिङ्ग गर्दा पहिलोदिन नदीको छाल तरङ्गको आधारमा पहिलो, दोस्रो, तेस्रो र चौथो छलाङ्गको छुट्टाछुट्टै नामले चिन्ने गरिन्छ । सन् १९९१ देखी बेनीदेखी स्याङ्जाको मिर्मीसम्म ६० किलोमिटर कालीगण्डकी नदीमा र्‍याफ्टिङ्ग तथा क्याकिङ्ग गर्न सुरु भएको हो । तर बेनी–मालढुङ्गासम्मको खण्डमा अलिबढी छालहरु बढी भएकोले ब्यवसायीले मालढुङ्गा–मिर्मीसम्म मात्र र्‍याफ्टिङ्ग गराउँदै आएका थिए ।
स्थानीय तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाइ लक्षित गरी गलेश्वर–बेनी छोटो दुरीमा पहिलो छलाङको र्‍याफ्टिङ्ग सुरु गरिएको स्पाल्स नेपाल एडभेन्चरका संञ्चालक/गाईड होम पुनले बताए ।
कोरोनापछि थलिएको जलपर्यटन ब्यवसायलाई पुर्नजिवित गराउन पर्वतको मालढुङ्गादेखी स्याङ्जाको मिर्मीसम्म चल्दै आएको नौकाविहार (र्‍याफ्टिङ्ग) म्याग्दीसम्म उकालिएको हो । पुस १५ पछि चैत महिनासम्म कालीगण्डकी नदीमा र्‍याफ्टिङ्ग तथा क्याकिङ्गकालागी उपयुक्त सिजन हो । साहसिक जलयात्रा गर्ने बढी विदेशी पर्यटक हुने गरेकोमा पछिल्ला वर्ष आन्तरिक पर्यटकको पनि साहसीक जलप्रर्यटनमा आर्कषण बढेको छ ।
‘गलेश्वर–मालढुङगा–मिर्मीसम्मको जलयात्रा छँदैछ, स्थानीय युवा/युवती र मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्षितगरी गलेश्वर–बेनीसम्म र्‍याफ्टीङ गराउन सकिने संभावना देखिएपछि याफ्टीङ/कायकिङ ब्यवसायी र गाईडसँगको सहकार्यमा बेनीबाट ब्यवसाय सुरु गरिएको हो’ होटल ब्यवसायसँग साहसीक जलयात्राको प्याकेज जोडेका गम पुनले भने, ‘गलेश्वर–बेनी सम्म कालीगण्डकीमा पानीको बहाव सलल बगेको छ, कम छाल भएकोले जलयात्रामा रुची राख्ने सवैले सहज यात्रा गर्न सकिन्छ ।’
गलेश्वर–बेनीसम्मको दुरीमा र्‍याफ्टीङ छोटो समयमा सजिलै जलयात्राको अनुभव गर्न सकिन्छ । मुस्ताङ यात्रामा निक्लेको यात्रुले एक–दुई घन्टा विचमा निकालेर जलयात्राको अनुभवगरी गन्तब्य तर्फ लाग्न सकिन्छ । जलयात्रा साहसीक हुने भएकोले अन्य यात्रामा जस्तो सहज वासको अपेक्षित हुँदैन । तर बेनी र गलेश्वरमा सवै स्तरका होटल सुविधा भएकोले वास, खाजाको पनि समस्या नहुने र यात्रुको सुरक्षा हुने ब्यवसायीले बताएका छन ।
कसरी पुग्ने ?
पोखरा, काठमाण्डौ समेत देशका विभिन्न सहरबाट म्याग्दी सदरमुकाम बेनीमा सहज सार्वजनिक बस वा निजी गाडीमा पुग्न सकिन्छ । बेनी हिमालपारीको जिल्ला मुस्ताङ भ्रमणमा जाँदा बाटोमा अवस्थित छ । बेनीको कालीपुल बसपार्कमै र्‍याफ्टिङकालागी सम्पर्क गर्न सकिन्छ । बेनी–जाोमसोम सडकबाट कालीगण्डकीमा जलयात्रा सहज हेर्न सकिन्छ ।
कति लाग्छ ?
र्‍याफ्टिङ ब्यवसायी तथा गाईड होम पुनका अनुसार गलेश्वर–बेनी ३ किलोमिटर दुरीमा एक घन्टा जल सफर गरेको प्रति ब्यक्ति एक हजार दुई सय मुल्य तोकेका बताए । उक्त मुल्यमा खाजा सेट सप्लिमेन्ट राखिएको पनि उनले बताए ।