FLASH NEWS
  • Loading...

न्यू धौलागिरी सहकारीले ५ प्रतिशत नगद लाभाशं दिने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५५ पटक पढिएको
न्यू धौलागिरी सहकारीले ५ प्रतिशत नगद लाभाशं दिने

बेनी नगरपालिका –८ न्युरोडबाट मुख्यालय रहेकाे जिल्लाकाे ठूलाे  मानिएकाे न्यू धौलागिरी बचत तथा  ऋण सहकारी संस्थाले अार्थिक वर्ष ०७८ /०७९ मा अार्जन गरेकाे कुल नाफाबाट संरक्षित पुँजीकाेष समेत सवै काेष जम्मागरी करसमेत प्रतिशेयर ५ प्रतिशत नगद लाभाशं वितरणा गर्ने भएकाे छ ।

मंगलवार देखी बेनी सेवा केन्द्रर एकाइबाट सुरू भएकाे २३ औँ वार्षिक साधारण सभामा उक्त प्रस्ताव पेस गरेकाे हाे । सहकारीले जिल्लाका विभिन्न ५ र पर्वतको मल्लाज गरि ६ ठाउँबाट सेवा केन्द्र संचालन गरेको छ । बाँकी एकाइकाे अागामी शनिवार साधारणा सभा गर्ने तालिका छ ।

सभाकाे सहकारीका संस्थापक मध्यकी एक तथा गण्डकी प्रदेशसभा सदस्य  विमला गौचनले उद्घाटन गरिन ।  सदरमुकाम समेत रघुगंगा बाहेक सवै पालिका र छिमेकी पर्वतकाे जलजलामा  सेवा केन्द्र (एकाइ)बाट काराेवार गरीरहेकाे न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थामा हाल सम्म शेयर सदस्य रहेका बताइएकाे छ ।

६ हजार ४ सय ६३ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ८ करोड २३ लाख ३४ हजार ४ सय रहेको छ । संस्थाले ६९ कराेड ९७ लाख ५० हजार ६ सय ६५ निक्षेप बचत र ७३ कराेड ६० लाख ६ हजार २ सय २८ रूपैयाँ कर्जा लगानी गरी गत आर्थिक बर्षमा १० करोड ८७ लाख ७७ हजार २ सय कुल आम्दानी गरेको सहकारीले जनाएकाे छ ।

अाम्दानिबाट खर्च र काेष कट्टीगरी खुद नाफा एक कराेड २८ लाख ९९ हजार ३ सय ५६ रूपैया गरेकाे अध्यक्ष अमृतलाल श्रेष्ठ, सचिव चन्द्र केसी र काेषाध्यक्ष बमबहादुर पुन तीनै जनाकाे प्रतिवेदनमा उल्लेख छ । साे मुनाफा रकमबाट ३ प्रतिशत संरक्षित पुँजी काेष र बाँकी प्रतिशेयर कर समेत मुनाफा ५ प्रतिशत नगद लाभांश वितरण गरिन लागेकाे हाे ।